Ad image

रोल्पा नगरपालिका वडा नम्बर १० धबाङमा २ महिने आरण तालिमको उद्घाटन

मालश्री खबर
मालश्री खबर २० चैत्र २०७९, सोमबार
2 Min Read
Aa

भरत विश्वकर्मा

रोल्पा नगरपालिका वडा नम्बर १० धबाङमा २ महिने आरण तालिम आज सोमबार उद्घाटन भएको छ । “औद्योगिक लगानी र पूर्वाधार समृद्धिको बलियो आधार” भन्ने मुल नाराको साथ आरण व्यवसायलाई आधुनिकिकरण गर्न, सिप तथा प्रविधिमा सहयोग कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रमको अध्यक्षमा घरेलु तथा साना उद्योग रोल्पाका प्रमुख ताराप्रसाद शर्मा रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोल्पा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोतिलाल डाँगी रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा रोल्पा नगरपालिका वडा नम्बर १० का निबर्तमान वडा अध्यक्ष मानबहादुर खत्री रहनुभएको थियो । अन्य अतिथिहरुमा वडा सदस्यहरु, विद्यार्थी, रोल्पा समाचार साप्ताहिकका प्रतिनिधि लगाएतको उपस्थित भएका थिए ।  उक्त तालिममा १५ जना सहभागी छन ।

तालिममा गैर दलित समुदायका व्यक्तिको समेत सहभागीता रहेको छ । कार्यक्रको प्रमुख अतिथिको रुपमा रहनुभएका रोल्पा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोतिलाल डाँगीले यो एउटा सिप भएकोले दलित जातिले मात्र सिक्नुपर्छ वा गर्नुपर्छ भन्ने भावना लाई अन्त्य गर्दै सबैले सिप सिकेर अगाडी बढ्न आग्रह गर्नुभयो । हाम्रो दैनिक जिवनमा विभिन्न प्रकारका औजारको आवश्यक पर्ने भएकोले सिप सिकेपछि हाम्रो दैनिक जिवनमा प्रयोग गर्न सकिने सामान बनाउँन सकिने भएकोले यो तालिम अति आवश्यक रहेको उहाले बताउँनुभयो । यस समयमा सिकेको सिपलाई सहि तरिकाले ग्रहण गरेर सिपलाई व्यबसायिकरण गर्न आग्रह समेत गर्नुभयो । जसको हातमा सिप छ त्यो कहिलेपनि खाली बस्न नपर्ने कुरा बताउनु भयो । तालिममा गैर दलित समुदायका व्यक्तिको समेत सहभागीता रहेकोमा हार्दिक बधाई एवं सिकेको सिपलाई व्यवहारमा परिवर्तन गर्न आग्रह समेत गर्नुभयो ।

- Advertisement -
Ad image

 

कार्यक्रमको स्वागत मन्तव्य उद्यम विकास सहकर्ता प्रेम विष्टले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग रोल्पाका सुचना अधिकृत किरण अधिकारीले गर्नुभएको थियो । २ महिनासम्म सञ्चालन हुने उक्त तालिमको प्रशिक्षण झगबहादुर नेपालीले गर्नुहुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array