Ad image

उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सुनिलस्मृति गाउँपालिकाद्वारा दुई जना कर्मचारी पुरस्कृत

मालश्री खबर
मालश्री खबर २० चैत्र २०७९, सोमबार
2 Min Read
Aa

गणेश केसी

चालु आर्थीक वर्षको पहिलो र दोस्रो चौमासिकमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सुनिलस्मृति गाउँपालिकाले दुई जना कर्मचारीलाई पुरस्कार तथा सम्मान  गरेको छ । प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलको अध्यक्षतामा बसेको बैठकले दुई जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

चालु आर्थीक वर्षको प्रथम चौमासिकमा महिला तथा बालबालिका शाखाको शाखा प्रमुख भगवती बुढा र दोस्रो चौमासिकमा पूर्वाधार शाखामा कार्यरत खाने पानी तथा सरसफाइ प्राविधिक नारायण खड्कालाई पुरस्कृत तथा सम्मान गरिएको सुनिलस्मृति गाउँपालिकाले जनाएको छ ।

वार्षिक नीति, कार्यक्रम तथा योजना उत्कृष्ट रुपमा सम्पादन गरेकाहरु मध्यबाट प्रतिष्पर्धा गराइ प्रत्यक चौमासिकमा एक जना छनौट गरिने प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले जानकारी दिनु भएको छ । गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतसंग भएको कार्य सम्पादन सम्झौताको मापदण्ड अनुसार कार्मचारी छनौट गरिन्छ । यस प्रकारको सम्झौता प्रमुख प्रशासकिय अधिकृत र शाखा प्रमुखहरुसंग साथै शाखा प्रमुखहरुले सहायक कर्मचारीहरुसंग करार कार्य सम्पादन सम्झौता गरेका छन । साही कार्य सम्पादन मुल्याङ्कनमा उल्लेखित मापदण्डको आधारमा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।

- Advertisement -
Ad image

पुरस्कृत तथा सम्मानित बुढा र खड्कालाई रु ५ हजार नगद सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरिएको हो । प्रथम र दोस्रो चौमासिकमा एक–एक जनालाई सम्मानित गरिएको छ भने असार १० गते वजेट अधिवेसनमा उत्कृष्ट कार्य गर्ने शिक्षक, स्वास्थ्यकर्मी, अधिकृत स्तरको १ जना र सहायक स्तरको १ जना कर्मचारीहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिनु भएको छ ।

अनुशासित रुपमा काम गर्ने, नियमित कार्यालयमा उपस्थित हुने, कार्य सम्पादन क्षमता आदिको मुल्याङ्न गरि पुरस्कारकालागि कर्मचारी छनौट गरिने गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीले बताउनु भएको छ । बैठकका प्रमुख अतिथी समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष बुढाथोकीले पुरस्कृत कर्मचारीहरुलाई बधाइ ज्ञापन गर्दै अझ उत्कृष्ट कार्य सम्पादन गर्न आग्रह समेत गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्