Ad image

सुनिलस्मृति गाउँपालिकाले चैत्र २६ सार्वजनिक सुनुवाई गर्दै

मालश्री खबर
मालश्री खबर १८ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर चैत १८ गते, रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । चैत्र १७ गते सूचना प्रकाशन गरी सुनिलस्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय सुलिचौर रोल्पाले उक्त कार्यक्रम हुनेबारे जानकारी दिएको हो । गाउँपालिकाले चैत्र २६ गते विहान साढे १० बजे वडा नम्बर ३ को कार्यलय, मिझिङमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको छ ।

सुनिलस्मृति गाउँपालिकाको आयोजनामा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ३० तथा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधि २०७९ बमोजिम आर्थिक वर्ष २०७९÷८० को दोश्र्रो चौमासिकमा सम्पन्न भएका विकास योजना, कार्यक्रम, सेवा प्रवाह लगायतका समग्र क्रियाकलापको चौमासिक सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

 

- Advertisement -
Ad image

पालिकाले गर्न लागेको सार्वजनिक सुनुवाईमा उपस्थितिको लागि सम्पुर्ण राजनैतिक दल, निर्वाचित जनप्रतिनिधहरु, निर्वामान जनप्रतिनिधिहरु, पत्रकार नागरिक समाज, संघसंस्थाहरु विभिन्न समिति उप समितिहरु, उपभोक्ता र आम नगरीकहरुलाई उपस्थितिको लागि प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलद्धारा हस्ताक्षेरीत सूचनामाब अनुरोध गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array