Ad image

देश शान्ति प्रकृयामा आएको लामो समय भई सक्दा पनि वास्तविक द्वन्द पीडितको  यकिन तत्थ्याङ्क छैन 

मालश्री खबर
मालश्री खबर १६ चैत्र २०७९, बिहीबार
6 Min Read
Aa

उमा बस्नेत/मालश्री खबर चैत १६ गते, रोल्पा ।

द्वन्द पीडित महिलाहरुको अवस्था, चुनौती र स्थानीय सरोकारवालाहरुको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लिवाङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाको आयोजना र नागरिक आवाजको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । द्वन्द पीडितको अवस्था र चुनैतीहरुको पहिचान गर्दै उनीहरुको मानसिक स्वाथ्य, सकारात्मक क्षमता अभिबृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । रोल्पामा करीब १ हजार जनाले द्धन्द्धको समयमा ज्यान गुमाएका छन् । ती मध्य करीव ३३८ जना महिलाले श्रीमान गुमाएका छन् ।

   

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यले शसस्त्र द्धन्द्ध पीडितको यो समास्या भावनात्मक पाटो सँग जोडिएको बताउनु भएको छ । द्वन्द पीडित,द्वन्द प्रभावित र द्वन्द पक्ष गरी तीन पक्ष हुने भन्दै उहाँले द्वन्द प्रभावित धेरै देखेको तर द्वन्द पीडित थोरै मात्र देखेको बताउनु भयो । साथै उहाँले यो कार्यक्रममा सबै भन्दा बढी द्वन्दपीडित हुने आँकलन गर्नु तर त्यसो नपाइएको बताउनु भयो । साथै जिल्ला स्तरमा आयोजना हुने द्वन्द पीडितसँग सम्बन्धित कार्यक्रमहरु सम्पुर्ण पालिकामा लिएर जान पनि आयोजकलाई सुझाव दिनु भएको छ । साथै उहाँले द्वन्द पीडितको अवस्था, चुनौतीहरु के कस्ता छन भन्ने बारेमा सबैलाई जानकारी दिन र उनीहरुको समस्यालाई पहिचान गर्न यस्तो खालको कार्यक्रमको आयोजना गरेकोमा आयोजक प्रति विशेष आभार समेत व्यक्त गर्नु भएको छ । द्वन्दको पीडा भोग्नेहरुलाई मात्र थाहा हुने भएकाले यी विषयमा अंश—अंशमा भन्दा पनि साझा विषयको रुपमा लिई यसबाट सिर्जित समस्याको समाधान तर्फ सबै लाग्नु पर्ने धारणा राख्नु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमका विशिष्ट अतिथी तथा रोल्पा नगरपालिकाका प्रमुख सुरन्द्र थापा घर्तिले अहिले पनि नेपालमा साच्चिकै द्वन्द पीडित कति छन् भन्ने कुराको यकिन तत्थ्याङ्क सार्वजनिक नहुदा वास्तविक पीडितले न्यायको अनुभूति गर्न नपाएको बताउनु भएको छ । सरकारले द्धन्द्धकालमा मृतक भएकाहरुको परिवारलाई १०/१० लाख रुपैया दिएको वताउँदै देश शान्ति प्रकृयामा गएको लोमो समय बिती सक्दा पनि द्वन्दबाट कति मानिसहरु घाईते, अपाङग र घरवार तथा परिवार विहीन भए भन्ने कुराको यकिन हुन नसेकोकोमा दुःख समेत व्यक्त गर्नु भएको छ । द्वन्द पीडितको घाउँमा मलपत्ति लगाउने ठाउँमा यसको निरुपन गर्ने निकायले कमाइखाने भाडोको रुपमा लिनाले पनि यो विषयमा वेला वेलमा बहसको विषय बन्न पुगेको बताउनु भयो । थापा घर्तिले बास्तविक द्वन्दबाट पीडित महिला दिदिबहीनीहरुको पक्षमा आफु र आफ्नो स्थानिय तह सकारात्मक भएको समेत बताउनु भएको छ । नगर पालिका भित्र रहेको सम्पुर्ण द्वन्द पीडितहरुको सधै साथ सहयोग रहीरहने बताउदै यस्तो खालको कार्यक्रम सबै पालिकामा आयोजना गर्न पनि आयोजकलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रमका अर्का विशिष्ट अतिथीका रुपमा रहनु भएका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले द्वन्दका नकारात्मक पाटोहरु धेरै भएपनि त्यहि द्वन्दको कारणले गर्दा आजको दिनमा सर्वसाधारण जनताले आफ्ना कुराहरु निर्धक्कका साथ भन्ने वातारण सिर्जना गरिदिएको द्वन्दकालको एउटा ठुलो उपलब्धि भएको बताउनु भएको छ । साथै उहाँले त्यसकै देन स्वरुप राज्य सञ्चालनको तीन तह अर्थात आफ्नै घर नजिकै बाट राज्य सञ्चालनका सम्पुर्ण गतिविधी नजिकबाट नियाल्ने अवरस आउनु सकारात्मक पक्ष भएको बताउनु भयो । नीतिगत कुराहरु न्यायका कुरा र शान्ति सम्झौतका कुराहरुलाई पुर्ण रुपमा कार्यान्वयन गर्ने कुरामा आ—आफ्नै ढंगले केन्द्रिय सरकारमा लविङ गर्न र दबद निद नसकेता पनि द्वन्द पीडितहरुलाई विभिन्न सीपमूलक तालिमको माध्यमबाट उनीहरुलई आर्थिक उपार्जनको बाटो देखाउन, द्वन्द पीडितका बालबच्चलाई विभिन्न सेवा सुविधा राज्यले दिदै आएको मा ति सेवा सुविधा कितिको लिन साक्यो भन्न कुरा आफैले निक्र्यौल गर्ने र त्यसो गर्न नसेको भए राज्यले दिने ती सेवा सुविधालाई उपयोग गर्ने तर्फ लाग्नु पर्ने बताउनु भएको छ । केही सहिदहरुको सत्य निरुपण तथा मेलमिलाम केन्द्रमा नाम छुटेको गुणसोको सम्बोधन गर्र्दै घिमिरेले विगतको नेपाल सरकारको निर्णय अनुसार ती सहिदहरुको नामावली छुटेको भए अहिले जिल्लाका प्रत्यक स्थानिय तहमा सबै बिवरण पठाएर केही टुत्री भए सच्याइदिन आग्रह गर्न समेत सुझाउनु भएको छ । ती विवरणहरुलाई जिल्ला प्रशासन मार्फत गृहमन्त्रालयमा पठाई नेपाल सरकारले छुटेको व्यक्तिहरुलाई सहिद घोषणा र राजप्रमा प्रकाशन गर्ने कुरा समेत उल्लेख गर्नु भयो ।

सोही कार्यक्रममा बोल्ने बक्ताहरुले द्वन्दले धेरै महिला पीडित भएको बताएका छन् । साथै शान्ति प्रकृया भएको ६ महिना भित्र बास्तविक द्वन्द पीडितको तत्थ्याङ्क यकिन हनु पर्नेमा यति लामो समय सम्म पनि बास्तविक द्वन्द पीडितहरुको पहिचान हुन नसकेकोमा सरकार प्रति निराशावादी भएका छन् । साथै द्वन्दकालमा यौन हिंसामा परेकाहरु थुप्रै महिलाहरु अझै पनि बाहीर आउन नसकेको र आएता पनि तीनिहरुको मागको सम्बोधन र सुनुवाई हुन नसकेको बताएका छन् ।

द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाका सचिव निर्मला रोका मगरको अध्यक्षतामा सुरुभएको कार्यत्रमको विशष्ट अतिथीमा रोल्पा प्र्रहरी प्रमुख श्यम सारु मगर रहनु भएको थियो । द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाका संयोज श्रीकुमारी घर्तिमगरले संचालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाका काउन्सीलर निशाना घर्तिमगरले राख्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, द्वन्द पीडित, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array