Ad image

काफल खान गएको बेला रुखबाट लडेर रोल्पामा एक महिलाको मृत्यु

मालश्री खबर
मालश्री खबर १५ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

गणेश केसी

रोल्पाको त्रिवेणि गाउँपालिकामा रुखबाट लडेर महिलाको मृत्यु भएको छ । रोल्पाको रुण्टिगढि गाउँपालिका वडा नं. ८ सानोलिवाङकी कामना घर्तीको मृत्यु भएको हो ।

माइत घर त्रिवेणि गाउँपालिका वडा नं. ४ गमालिचौरमा घर नजिकैको जंगलमा काफल खान गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर रामनारायण गुप्ताले जानकारी दिनु भएको छ ।

३२ बर्षकी घर्तीको दिउसो १ – ३० वजे मृत्यु भएको प्रहरी चौकी जुँगारले जानकारी दिएको छ । रुखबाट लडेर गम्भिर घाइते भएको घर्तीलाई उपचारकालागि दाङ लैजाने क्रममा सिमपानी स्वास्थ्य चौकिमै मृत्यु भएको स्वास्थ्य चौकी प्रमुख धनबहादुर घर्तीले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

मृतक घर्तीको श्रीमान गणेश बस्नेत वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ । घर्तीको २ छोरी रहेका छन । मृतक घर्ती ३-४ बर्ष देखि माइतमै वस्दै आएको पारिवारीक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array