Ad image

रोल्पा जिल्ला तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ चैत्र २०७९, मंगलवार
5 Min Read
Aa

 

 मालश्री खबर चैत्र १४ गते, रोल्पा ।

नेपाल तेक्वान्दो संघ, प्रदेश तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार रोल्पा जिल्ला तेक्वान्न्दोसंघको वार्षिक साधारण मंगलबार सम्पन्न भएको छ । रोल्पा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष त्रिभुवन रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले अध्यक्षता गर्नु भएको थियो भने, प्रमुख अतिथि रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीमगर, विशेष अतिथि रोल्पा जिल्ला तेक्वान्दो संघका प्रदेश सदस्य दिनेश बुढामगर, विशेष अतिथि रोल्पा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष तथा रोल्पा वक्सिङ संघका अध्यक्ष टंकबहादुर बुढामगर, रोल्पा जिल्ला कराते संघका अध्यक्ष श्रीकृष्ण घर्तीमगर, रोल्पा जिल्ला व्यडमिन्टन संघका कोषाध्यक्ष अशोक आचार्य, त्रिवेणी गापा तेक्वान्दो विकास समितका अध्यक्ष टेकराज पुनमगर, जिल्ला कार्यसमितिकापदाधिकारी लगायतको उपस्थिति रहेको थियो । संगठनिक प्रतिवेदन रोल्पा जिल्ला तेक्वान्दो संघका सचिव लोकेन्द्र सेनले रोल्पा जिल्लातेक्वान्दो संघबाट संचालन भएका कार्यक्रमहरु, संघका संगठनिक विकास, खेल पूर्वाधार विकास र व्यवस्था,व्यवस्थित प्रशासन संयन्त्रको विकास र भावि योजनासंघका कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

- Advertisement -
Ad image

आर्थिक प्रतिवेदन रोल्पा जिल्ला तेक्वान्दो संघका हेमन्त खत्रीले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण प्रतिवेदन अनुसार आन्तरिक आम्दानी रु. २ लाख ९९ हजार ६ सय ५० रुपैया खर्च भएको , ४ लाख १४ हजार ३० रुपैया आम्दानी भएको बताइएको छ । अहिले संघमा १ लाख १४ हजार ३ सय ८० असि रुपैया घाटामा रहेको प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा सहभागिहशरले आम्दानी भन्दा खर्च किन बढी भएको भन्दा संघले जिल्लामा तेक्वान्दो संघको भवन बनाउदै छ, संघले जिल्ला स्तरीय प्रतियोगिता, प्रदेश र केन्द्रस्तरीय प्रतियोगितामा पठाउनु पर्ने बाध्यता लगायका कुराले गर्दा भएको कुरा उपस्थित महानुभावहरुलाई प्रष्ट पार्नुका साथै सबैलाई लेखा परिक्षण प्रतिवेदन समेत उपलब्ध गराउनुका साथै जिल्लाबाट प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भागलिएका खेलाडीहरुले प्राप्त गरेका पदकहरुको विस्तृत विवरण, जिल्लामा भएका खेलाडी संख्या, डोजाङ संख्या, तेक्वान्दो खेल विद्यालय संख्या, राष्ट्रिय रेफ्री संख्या, जिल्ला स्तर रेफ्री संख्या, जिल्ला संघ र विकास समितिहरुले गरेका कार्यहरु तथा जिल्ला संघको वनिरहेको भवनको स्थित तस्विर लगायतका कार्यहरु पोजेक्टर मार्फत प्रस्तुत गर्नु भएको थियो ।

सो कार्यक्रममा रोल्पा जिल्ला व्याडमिन्टन संघका कोषाध्यक्ष अशोक आचार्य, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष तथा रोल्पा वक्सिङ संघका अध्यक्ष टंकबहादुर बुढामगर,रोल्पा जिल्ला तेक्वान्दो संघका प्रदेश सदस्य दिनेश बुढामगर लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त समारोहका प्रमुख अतिथि रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीमगरले रोल्पा जिल्लामा खेलसंघहरु मध्ये आफ्नो वार्षिक आय–व्यय सहित वार्षिक साधारण सभा गर्ने रोल्पा जिल्ला तेक्वान्दो संघ नै पहिलो भएको कुरा बताउनुका साथै अन्य संघहरुले पनि यसैगरी आर्थिक पारदर्षिता र मितव्ययिता अपनाउदै जानु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रमका सभाअध्यक्ष तथा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा रोल्पा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हेमन्त खत्रीलेनेपाल तेक्वान्दो संघको स्थापना २०३९ सालमा स्थापित भएको थियो । रोल्पा जिल्लामा तेक्वान्दो खेल विगत ३ दशक देखि संचालन हुँदै आएको, २०७७ साल फागुन १५ गतेदेखि नयाँ जिल्ला कार्य समिति गठन भए पश्चात केन्द्र, प्रदेशको नीति तथा निर्देशन अनुसार योजाना तथा कार्यक्रमलाई समेटेर रोल्पा जिल्ला तेक्वान्दो संघको कार्य क्षेत्र जिल्लाको १ नगरपालिका सहित ९ वटा गाउँपालिका भए पनि हालसम्म ७ वटा पालिका (रोल्पा नगरपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका, परिवर्तन गाउँपालिका, थबाङ गाउँपालिका, सुनिलस्मृति गाउँपालिका र रुन्टीगढी गाउँपालिका) मा तेक्वान्दो खेलको कार्यक्रमहरु विस्तार र समन्वय भैरहेको बताइएको छ ।

अन्य थप जिल्लाको सबै पालिकामात्र नभै पालिकाहरुको माध्यमिक विद्यालयहरुमा विस्तार गर्ने योजनामा तेक्वान्दो संघ लागेको र तेक्वान्दो मार्सआर्ट खेल खेलेको व्यक्ति चौतर्फी रुपमा सबै खेललाई समेट्ने हुने भएकोले जिल्लाको विद्यालयहरुमा माग बमोजिम प्रशिक्षकहरु पुर्याउन कठिन भैरहेको, तेक्वान्दो खेल मार्फत नैदेशको नागरिक स्वस्थ भयो भने राष्ट्र पनि स्वस्थ रहनेकुरा बताउनुका साथैजिल्लाका सबै खेलसंघहरु हातेमालो गर्दै अगाडी बढेमा रोल्पा जिल्लाको खेलकुद उचो गति तिर लाग्नेछ भन्ने कुरा बताउनुका साथै उपस्थित सबैलाई हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्नु भएको भने रोल्पा जिल्ला तेक्वान्दो संघका सचिब लोकेन्द्र सेनको संचालनमा रहेको कार्यक्रम रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले समापन गर्नु भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array