Ad image

सुनिलस्मृती ७ तेबाङका ४६ घर विपन्न तथा दलित परिवारलाई बाख्रा वितरण

मालश्री खबर
मालश्री खबर १३ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर चैत्र १३ गते, रोल्पा ।
सुनिलस्मृति गाउँपालिका वडा नं. ७ को आयोजनामा दलित तथा विपन्नहरूलाई अनुदानमा बाख्रा वितरण गरीएको छ । सुनिलस्मृती गाँउपालिका वडा नम्बर ७ भित्रका ४६ घर विपन्न तथा दलित परिवारलाई अनुदानमा बाख्रा वितरण गरीएको वडा कार्यालयले जानकारी दिएको छ ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष रेशम शर्माको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य तथा वडा नम्बर ७ का स्थानियहरुको उपस्थिती रहेको थियो ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले विपन्न तथा दलित परिवारलाई यस कार्यक्रमले थप राहत पुग्नेमा आफु विश्वस्त भएको बताउनु भएको छ । साथै वडाले प्रदान गरेको सेवालाई सबैले भरपुर रुपमा सहि ठाउँमा सदुपयोग गरी आर्थिक आय आर्जन गर्न सुझाव दिनुभएको छ । उक्त कार्यक्रमको सञ्चालन सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ का वडा सचिव पदम रिजालले गुर्न भएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array