Ad image

पुर्ण सरसफाइ, वालविबाह तथा मदिरा नियन्त्रण सम्वन्धी कार्यक्रम केवरीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १३ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर चैत्र १३ गते, रोल्पा ।
पुर्ण सरसफाइ, वालविबाह तथा मदिरा नियन्त्रण सम्वन्धी जनचेतना मुलक कार्यक्रम परिवर्तन गाउँपालिका वडा नम्बर ३ केवरी इरिबाङ रोल्पामा सम्पन्न भएको छ । माथिल्लो तथा तल्लो केवरी टोलविकस संस्थाको आयोजनामा उक्त कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयमा केवरीमा सञ्चालन गरीएको आयोजकले जानकारी दिएको छ ।


उपल्लो केवरी टोल विकास संस्थाका अध्यक्ष रणबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर रहनु भएको थियो । प्रमुख अतिथी बुढामगरले टोल विकस संस्थाले आयोजना गरेको कार्यक्रमले समाजलाई स्वस्थ, सफा राख्नको लागि ठुलो योगदान दिने बताउनु भएको छ । मदिरा नियन्त्रणको कार्यक्रमले टोल तथा समाजमा भएका व्यक्तिहरुलाई फाईदा पु¥याउने र तिनीहरुको बालवालिकामा पनि सकारात्मक भाव आउने बताउनु भएको छ । साथै बालविबहाको समस्या जिल्लामै विकराल रुपमा देखिएको बताउदै बालविबहा रोक्नको लागि टोल विकास संस्थाले गरेको काम प्रति प्रसंसा समेत गर्नु भएको छ ।

तल्लो केवरी टोल विकास संस्थाका अध्यक्ष शेरबहादुर डाँगीले सहजीकरण गर्नुभएको कार्यक्रमको अतिथीमा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रीनी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन केपी खड्काले गर्नु भएको थियो । उक्त कार्यक्रममा दुई वटा टोल विकास संस्थाका सदस्य, आमा समूह, विभिन्न बाल क्लब लगाएतको उपस्थिती रहेको त्यहा बाट पत्रकार तुल बहादुर डाँगीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array