Ad image

स्वास्थ्य प्रबध्र्दन सेवा सम्बन्धि सञ्चारकर्मि र स्वास्थ्यकर्मिहरुका लागी पैरवी कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १३ चैत्र २०७९, सोमबार
4 Min Read
Aa

भरत नेपाली / मालश्री खबर चैत्र १३ गते, रोल्पा ।

स्वास्थ्य प्रबध्र्दन सेवा सम्बन्धि सञ्चारकर्मि र स्वास्थ्य कर्मिहरुका लागी पैरवी कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुबाङको आयोजनामा कार्यक्रम गरिएको आयोजकले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

स्वास्थ्य प्रबध्र्दन सेवा सम्बन्धि सञ्चारकर्मि र स्वास्थ्य कर्मिहरुका लागी भएको पैरवी कार्यक्रममा रोल्पा जिल्ला क्रियाशिल पत्रकारहरु र रोल्पा नगरपालिका भित्र रहेका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । उक्त पैरवी कार्यक्रममा रोल्पा नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक नैना घर्तिले रोल्पा नगपालिकाको स्वास्थ्यको हालको अवस्था र आगामि दिनमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्ने कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।


कार्यक्रममा बोल्दै सहसंयोजक घर्तिले समाज परिबर्तन गर्न र आम नागरिकलाई स्वस्थ बनाउनको लागी सञ्चार माध्यम र पत्रकाहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भएको छ । पत्रकारको कलमले समाजमा भएको बास्तबिक कुरालाई बाहिर ल्याउन सकेमा र स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई पत्रकारको कलमको माध्यम बाट आम नागरिकको माझमा पु¥याउन सकेमा त्यसको ठुुलो महत्व रहने समेत बताउनु भएको छ ।
त्यस्तै पैरवी कार्यक्रमकै अवसरमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश स्वास्थ्य शिक्षा अधिकृत भरत कुमार बिष्टले समग्र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले हाल स्वास्थ्यको क्षेत्रमा गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा जानकारी गराउनु भएको थियो ।

- Advertisement -
Ad image

यस्तो प्रकारको कार्यक्रमको आयोजना गर्दा स्वास्थ्य सेवा तथा कार्यक्रम सम्बन्धी समाचार संकलन, लेखन तथा सम्प्रेषणको कभरेज बृध्दि हुने बताउनु भएको छ । स्थानीय स्वास्थ्यकर्मी र मिडियाकर्मीहरु बिच सहयोग र सहकार्यको बिकास भई स्वास्थ्य प्रवर्ध्दन सम्बन्धी विभिन्न क्रियाकलापमा सक्रिय भुमिका निर्वाह पनि स्वास्थ्य शिक्षा अधिकृत कुवरले बताउनु भयो । स्वास्थ्य प्रवर्ध्दन सेवा बिस्तारका लागि सरोकारवालासँग बहस पैरवी निरन्तर हुनु पर्ने कुरामा पनि कुवरले जोड दिनु भएको छ ।

हाम्रो स्वास्थ्यको शुरुवात हामी बस्ने घर र हाम्रो समुदायबाट, हामीले खाने खाना, पिउने पानी अनि सास फेर्ने हावाबाट, हामीले पढ्ने स्कूल र काम गर्ने कार्य क्षेत्रबाट, स्वस्थकर व्यवहारबाट र अस्पताल र क्लिनिकबाट हुने भएको हुनाले सबै यि कुरामा ख्याल गर्नु पने समेत बताउनु भएको छ ।

हामि स्वस्थ रहनको लागी सफा पिउने पानी र स्वस्थ चर्पी प्रयोग पिउने, सन्तुलित आहारको खाने, पर्याप्त भेण्टिलेसन र लाईट भएको राम्रो घर बनाउने, पर्याप्त मात्रामा कपडाको उपभोग गर्ने, स्वस्थकर आनीबानी र जीवनशैली अपनाउने, व्यक्तिगत तथा वातावरणीय सरसफाईमा ध्यान दिने, पर्याप्त काम गर्ने ,आराम र व्यायाम र मनोरञ्जन गर्नु पर्ने समेत सुझाव दिनु भएको छ ।

स्वास्थ्य क्षेत्रमा परिबर्तन ल्याउनको लागी राजनीतिक नेतृत्व, नीजि क्षेत्र तथा संघ संस्थाहरुको स्वास्थ्यप्रतिको बुझाई र दिईने महत्वको विषयमा आधारभूत रुपमै परिवर्तन ल्याउनु पर्ने समेत बताउनु भएको छ । आम नागरिक र सम्पूर्ण जगतकै स्वास्थ्य संरक्षण र सम्बर्ध्दन गर्ने खालको बिकास प्रवर्ध्दन गर्नको लागी सबै आजै बाट एकजुट हुन सक्नु पर्ने सुझाब दिनु भएको छ ।

अहिले राज्यले स्वास्थ्य क्षेत्रका अति न्युन बजेत बिनियोजन गरेको कारणले पनि स्वास्थ्य क्षेमा भने जस्तो प्रतिफल प्राप्ट हुन नसकेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश स्वास्थ्य शिक्षा अधिकृत भरत कुमार कुवरले स्विकार गर्नु भएको छ । उँहाले भन्नु भयो अहिले राज्यले नागरिको स्वास्थ्यकोे लागी ४५ प्रतिशतमात्र लगानी गरेको बताउनु भएको छ । बाकि ५५ प्रतिशत लगानी स्वयम नागरिक आफैले स्वास्थ्य क्षेमा गरेको बताउनु भएको छ । उत्त पैरवी कार्यक्रममा रोल्पा जिल्ला क्रियाशिल पत्रकारहरु र रोल्पा नगरपालिका भित्र रहेका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिका स्वास्थ्य शाखा संयोजक टंक गिरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array