Ad image

सुकिदह युवा क्लबको पाचौं वार्षिकोत्सवको आइतबार आज उद्धघाटन

मालश्री खबर
मालश्री खबर १२ चैत्र २०७९, आईतवार
5 Min Read
Aa

सुर्यप्रकाश बुढा

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ मा रहेको सुकिदह युवा क्लबको पाचौं वार्षिक उत्सवको एक कार्यक्रमका विच आइतबार आज उद्धघाटन गरीएको । उद्धघाटन कार्यक्रमको प्रमुख अतिथीमा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुन सिजल रहनु भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथीमा गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा रहनु भएको आयोजकले जानकारी दिएको छ । “आजको आवश्यकता, समाजको विकासमा युवा सहभागित” भन्ने मुुल नाराका साथ सञ्चालन भएको कार्यक्रममा साबिकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, एकल नृत्य प्रतियोगिता र घैटाफोर प्रतियोगिता लगाएतका प्रतियोगिता आयोजना गरेको छ ।

 

- Advertisement -
Ad image

उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो मालश्रीले गरेको थियो । छ्डके देउराली क्लबका अध्यक्ष गोपालबहादुर केसी, परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम वाँठामगर, वडा नम्बर ६ का वडा अध्क्ष भरतकुमार बुढामगर, २ का वडा अध्यक्ष हरीप्रसाद बुढामगर, नेकपा परिवर्तन गाउँपालिकाका इन्चार्ज पृथ्वी डाँगी, नेकपा एमाले परिवर्तन गाउँपालिका ईन्चार्ज टेकेन्द्र रोकामगर, नेकपा माओवादी केन्द्र परिवर्तत गाउँपालिका सचिव कर्ण बुढा, नेपाली काँग्रेस परिवर्तन गाउँपालिका सभापति खडक घर्तिमगर लगाएतले मन्तव्य राखेका थिए । क्लबले आयोजना गरेका विविध खेलकुद प्रतियोगिता चैत्र १५ गते सम्म सञ्चालन हुने बताइएको छ ।

 

कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन मगर(सिजल)ले अहिले लुम्बिनी प्रदेशमा नेतृत्व गरिरहेको नेकपा एमाले नेतृत्वको सरकार अबको केही दिनमै ढल्ने बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद पुनले लुम्बिनी प्रदेशमा नेतृत्व गर्दै आएको मुख्य मन्त्री नेकपा एमालेका लिला गिरी नेतृत्वको सरकार अबको एक दुई दिनमा ढल्ने समेत दाबी गर्नु भएको छ ।

 

दुई महिना अगाडि पुष १० नेकपा एमाले सँग मिलेर संघ र प्रदेशमा सरकार निर्माण भएको र फागुन १३ गतेदेखि नेकपा एमाले सँगको गठबन्धन तोडिएको समेत बताउनुभयो । सांसद पुनले अहिले नेपालमा राजनीति भित्र उथलपुथल आएको र गठबन्धन दुई महिना देखि बढी नटिक्ने समस्या आएको समेत बताउनुभया । उहाँले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रोल्पा बाटै दुई जना उम्मेदवार नेकपा एमाले बाट कुमार दसौंडी र नेपाली कांग्रेस बाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिएको बताउदै,पुनले भने“हामी गठबन्धन गरेकोले नेकपा एमालेको उम्मेदवारलाई निर्वाचित गराएको“समेत बताउनुभयो । त्यसपछि राष्ट्रपतिको विषयलाई लिएर नेपाली कांग्रेस सँगको गठबन्धन भएको र नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराएको समेत बताउनुभयो ।

 

नेकपा एमाले नेतृत्वको सरकार राष्ट्रपति निर्वाचन पछी संघ सरकार बाट बाहिरीएको र प्रदेश सरकारमा पनि त्यसको असर पर्दै आएकोले आफूहरू नेकपा एमालेलाई दिएको विश्वासको मत फिर्ता लिएको बताउनुभयो । सांसद पुनले भन्नुभयो “नेकपा एमालेले अहिलेको गठबन्धन सरकार दुई महिना भन्दा बढी नजाने र मध्यावधि चुनावमा नेपाल जान्छ भन्ने अभिव्यक्ति दिदै आएको“समेत बताउनुभयो । अहिले आम नागरिकको ध्यान नाँचगाँन र रमाइलो तर्फ केन्द्रित हुने गरेको र शिक्षा, स्वास्थ्यमा भनेको जस्तो सुधार नहुन सकेको समेत बताउनु भएको छ ।

 

शिक्षामा ठूलाठूला भवन निर्माण भएता पनि सोचेको जस्तो परिमाण आउन नसकेको समेत बताउनुभयो।रोल्पा बाट लोक सेवामा फेल हुने गरेको र नाम निकाल्न नसक्नु दुःखद पक्ष भएको समेत बताउनुभयो।अहिले स्वास्थ्य क्षेत्रमा पनि हेर्दा ठूलाठूला भौतिक संरचना बनेको र भरपर्दो सेवा,सुविधा तथा दक्ष जनशक्ति नभएको समेत बताउनुभयो।अहिले नेपाल सरकारले बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर राख्दै कुपोषण हुन बाट रोक्नका लागि प्रत्येक अभिभावकलाई दिनको पाँच सय दिदै आएको र केही अभिभावकले मद्यापान सेवन गरेको समेत बताउनुभयो।रोल्पा जिल्लाको चर्चित रूपमा रहेको सहिद मार्ग अन्तर्गत रोल्पाको विभिन्न खण्ड स्तरउन्नति र पिचको लागि करिब २ अर्ब बराबरको रकम विनियोजन गरिएको र काम समेत अगाडि बढीरहेकोे बताउनुभयो।नेपालमा पछिल्लो केही समय यता श्रम गर्न छोडेर सबै वस्तुहरु किनेर खाने प्रवृत्ति ह्याबी भएको समेत बताउनुभयो।आफ्नो देशमै परिश्रम गर्न छाडेर अरुको देशमा नेपाली युवाहरु श्रम गर्न जाने गरेको समेत बताउनुभयो।अमेरिका,युरोप देशहरु नेपाल भन्दा हरेक हिसाबले सक्षम र सफल भएको समेत बताउनुभयो।

 

क्लबका अध्यक्ष गगन बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन क्लबका सल्लाहकार रविन बुढामगरले गर्नु भएको थियो । क्लबका सदस्य चन्द्रप्रकाश पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जननिर्वाचित प्रमुख तथा प्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, वुद्धिजिवी, समाजसेवी खेलाडी, खेलप्रेमी, आमा समुह, टोलविकास समुहका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

 

                                                  

प्रतिक्रिया दिनुहोस्