Ad image

मानसिक स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ चैत्र २०७९, आईतवार
7 Min Read
Aa

लोकेन्द्र चन्द/मालश्री खबर चैत्र १२ गते, रोल्पा ।
मानसिक स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । रोल्पा नगरपालिका स्वास्थ्य शाखाको आयोजनाका मानसिक स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको रोल्पा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । अभिमुखिकरण कार्यक्रमका रोल्पा नगरपालिका वडा न. २ र वडा न. ४ भित्रका महिला स्वास्थ्य स्वंयम सेविका, आमा समुहमा र स्वास्थ्य आमा समुहमा आबद्ध बिभिन्न व्यतिहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण रोल्पा अस्पताल रेउघा रोल्पाका सिनियर अहेव तथा सुचना अधिकारी कुलबहादुर डाँगी र जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी साहेक निरिक्षक पवन सुनारले गर्नु भएको बताइएको छ ।


कार्यक्रमलाई सहजिकरण गर्दै रोल्पा अस्पताल अस्पताल रेउघा रोल्पाका सिनियर अहेव तथा सुचना अधिकारी कुलबहादुर डाँगी मानसिक स्वास्थ्यमा समस्या भएका व्यतिहरुले समाजले हेला नगरि माया र हौसल्ला प्रदान गर्नु पर्ने बताउनु भएको छ । उनिहरुलाई यस्तो अवस्थामा धेरै अरुको माया र हौसल्ला आवश्य पर्ने समेत बताउनु भयो । मानसिक स्वास्थ्यमा समस्या भएका व्यतिहरुको समयमा पहिचा गर्न नसकेमा र उनिहरुलाई माया र हौसल्ला प्रदान गर्न नसकेमा त्यस्ता व्यतिहरु आत्म हत्याको बाटो रोज्ने समेत डाँगीले बताउनु भएको छ । मानसिक रोगको पनि उपचार हुने भएको हुनाले कसैको घर परिवारमा मानसिक रोग सम्बन्धि लक्षण भएका व्यतिहरु भएमा वा संका लागेमा तत्काल उनिहरुलाई मनोपरामर्श कर्ता वा स्वास्थ्यकर्मि कँहा लैजान सुझाव समेत दिनु भएको छ ।

मानसिक स्वास्थ्यमा समस्या भएका व्यतिहरु झत्त हेर्दा सबै ठिकै भए जस्तो देखिए पनि उनिहरुको बोली व्यावहारमा भने असामान्य हुने बताउनु भएको छ । मानसिक स्वास्थ्यमा समस्या भएको व्यतिहरुमा खान मन नलाग्ने, कम बोल्ने, एकान्तमा बस्न मन पराउने, दाउको दुख्ने, दिक्क लाग्ने, झर्को मान्ने, मनमा कुरा खेलाउने, बाच्न मन नलाग्ने, मुटु हल्लेको जस्तो हुने, आफै सँग रिस उठने जस्ता कसैमा लक्षण देखिएमा वा परिवारको सदस्य कसैले देखाएमा वा देखिएमा तत्काल उपचार गर्नु पर्ने बताउनु भएको छ ।

यस्ता समस्या कसैमा देखिएमा त्यो मानसिक समस्या हुन सक्ने भएको हुनाले यस्तो बेला मासिक समस्या भएका व्यतिलाई एकल्यै नछोड्न समेत सबैलाई रोल्पा अस्पताल रेउघा रोल्पाका सिनियर अहेव तथा सुचना अधिकारी कुलबहादुर डाँगीले सुझाब दिनु भएको छ । मानिस मानसिक हिसाबले स्वस्थ रहनको लागी स्वस्थकर खान पानको पनि आवश्यक पर्ने भएको हुनाले हामिले खाने कुरामा पनि अतिनै महत्व दिनु पर्ने बताउनु भएको छ । ताजा खानेकुरा, फलफुुल र खाना सँग अनिबार्य सलाद सेवन गर्न सकेमा स्वास्थ्य राम्रो हुने बताउनु भएको छ । जङफुड र तयारी पेकिङ खाने कुरा सेवन नर्गन समेत सल्लाह दिनु भएको छ ।

- Advertisement -
Ad image


त्यस्तै आत्महत्या रोकथाम तथा न्युनिकरणको बारेमा सहजिकरण गर्दै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी साहेक निरिक्षक पवन सुनारले रोल्पा जिल्लामा मानसिक स्वास्थ्यमा समस्या भएका व्यतिहरुको संख्या ठुलो भएको बताउनु भएको छ । पछिल्लो समय रोल्पा जिल्ला लम्बिनी प्रदेशमै आत्महत्या गर्ने दोस्रो जिल्लाको रुपमा रहेको बताउनु भएको छ । ९० प्रतिशत भन्दा बढि आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको अनुसन्धानबाट देखिएको समेत बताउनु भएको छ । हाल समाजमा आत्महत्या गर्ने मुख्य कारणहरु प्रेममा असफल,मानसिक रोगी, आफु कमजोर महशुस गरेमा, उदासिपन हुन (भबिश्य प्रति बितृष्णा), बैवाहिक जीवन सुखमय नहुनु, आमा बुवा बीच झै झगडा, लागु औषध दुर्व्यसन, गरिवी आर्थिक समस्या, अशिक्षा, बैदेशिक रोजगार, अवैधानिक सम्बन्ध, दिर्घरोगले ग्रस्त आदी भएको बताउनु भयो ।

आत्महत्या रोकथाम परिवार र समाजको महत्वपुर्ण भुमिका रहने समेत बताउनु भयो । यस्तो अवस्थामा नकारात्मक सोचाई नराख्ने ,एक्लै नबस्ने ,आफ्नो मन र शरीरलाई माया गर्ने ,आफुलाई नोक्सान नपु¥याउने, समस्या व्यवस्थापनका लागि सहयोगी निकायको खोजी गर्ने ,आत्महत्याले पर्न सक्ने नकारात्मक असरको मुल्यांकन गर्ने, अरुको सहयोग माग्ने र लिने गर्न सकेमा आत्म हत्या गर्न बाट बच्ने र बचाउन सकिने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी साहेक निरिक्षक पवन सुनारले बताउनु भयो । परिवार र समुदायले पनि मानसिक स्वास्थ्यमा समस्या भएका व्यतिहरुलाई थुप्रै सहयोग गर्न सकिने बताउनु भएको छ । त्यस्ता समस्यामा रहेका व्यक्तिको गुनासा र समस्याहरु ध्यान दिएर सुन्ने, भावनाहरु पोख्ने वातावरणको सृजना गर्ने , परिवारको कुन सदस्यसंग कुराकानी गर्न सहज मान्छ त्यो पत्ता लगाउनु पर्छ, उसैलाई समस्याहरु भन्ने वाताबरण वनाइदिनु पर्छ, जीवनका सकारात्मक पक्षलाई जोडदिने, मर्ने वाहेक अन्य विकल्पको खोजी गर्ने, व्यक्तिलाई एक्लै छोड्नु हुदैन् ,राती सुतेको वेलामा ध्यानदिएर सुत्ने, मर्नको लागि सामाग्रीनै लुकाएर राखेको  हटाउने, सुरक्षित रहन वाचा गर्ने, जोखिम छ भन्ने लागेमा आफन्त, छिमेकीलाई खवर गर्ने, तुरुन्त स्वास्थ्य संस्था लाने, परिवारका सदस्यहरु आत्तिएका हुन्छन् त्यस्तो अवस्थामा समुदायका व्यक्तिहरुको प्रेरणा र प्रोत्साहन चाहिन्छ, सकारात्मक व्यवहार गर्ने , समस्या समाधानका लागि बिकल्प खोजी दिने, जीवन प्रति आशा जाग्ने खालका कुराहरु गरिदिने, सामाजिक तिरस्कार नगर्ने, उपचारका लागि स्वास्थ्य संस्था लैजान सहयोग गर्ने, यस्ता उपायहरु लागु गर्दा पनि समस्या बढ्न थाल्यो भने तुरुन्त मनोविमर्शकर्ता, मनोबिद्ध, मनोचिकित्सकको सहयोग लिन सकिने सुझाब दिनु भएको छ । कसैलाई मानसिक स्वास्थ्य सम्बन्धि समस्या देखिएमा आत्महत्या गर्ने प्रयास गरेमा नेपाल प्रहरीको निशुल्क टोल फ्रि नम्बर १११६ सम्पर्क गरेर सहयोग गर्न पनि अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा रोल्पा नगरपालिका उपमेयर गिता आचार्यले पछिल्लो समय मानसिक स्वास्थ्य समस्याकै कारणले गर्दा समाजमा आत्महत्या गर्ने संख्या दरलाग्दो अवस्थामा रहेको बताउनु भएको छ । मानिस मानसिक हिसाबले स्वस्थ बन्न सक्यो भने मात्र सामाजको विकास हुने र आत्महत्या पनि न्यूनिकरण हुने उपमेयर आचार्यले बताउनु भयो छ । मानिसको इच्छा चाहना असिमित हुनु र मानिसले आफ्नो क्षेमता भन्दा ठुला सपना देख्दा पनि मानिस मानसिक हिसाबले अस्वस्थ हुने गरेको बताउनु भएको छ ।

त्यसैको कारणले पनि समाजमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको समेत आचार्यले बताउनु भयो । यस्को अन्त्य गर्नको लागी महिला स्वास्थ्य स्वंयम सेविका, आमा समुह र महिला स्वास्थ्य आमा समुहको महत्वपुर्ण भुमिका रहने भन्दै अभिमुखिकरणमा सिकेका कुरालाई आफुमा पनि लागु गर्न र समाजमा पनि लागु गरेर समाजमा मानसिक रोगीहरुको संख्या र आत्महत्याको संख्यालाई शुन्यमा झार्नको काम गर्न सुझाब दिनु भएको छ । समाज परिर्बन गर्नको लागी अब महिला स्वास्थ्य स्वंयम सेविका, आमा समुह र महिला स्वास्थ्य आमा समुहले नँया नँया कार्यक्रमको खाका लिएर स्थानिय सरकार नगरपाकिमा आउन समेत उपमेयर आचार्यले सल्लाह दिनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, सहभागिहरुको तर्फ बाट सुभम स्वाथ्य आमा समुह रोल्पा नगरपालिका वडा न. २ रेउघाका अध्यक्ष दुर्गादेवी पुनमगर लगाएतले मनतव्य राख्नु भएको आयोजकले जानकारी दिएको छ । लिबाङ स्वास्थ्य केन्द्रका प्रमुख सुमन आचार्यको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको संचालन रोल्पा नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक नैना घर्ति डाँगीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array