Ad image

किशोरी सञ्जालका सदस्यहरुलाई योजना तर्जुमा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सुलिचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर चैत्र १२ गते, रोल्पा ।

किशोरी सञ्जालका सदस्यहरुलाई योजना तर्जुमा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सुनिल स्मृती कार्यालय सुलिचौरमा सम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम आईतबार सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाको आयोजनामा सञ्चालित कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग युएनएफपीए रोल्पाको रहेको थियो भने सिद्धार्थ सामाजिक विकास केन्द्रलेको समन्वय रहेको थियो ।


अभिमुखीकरण कार्यक्रमबाट किशोरीहरुको साझा समस्या संगठित रुपमा उठाउन, किशोरीहरु बीच आपसी समन्वय, सहकार्य बढाउन तथा सवालहरुको सामूहिकीकरण गर्न र एक आपसिमा सिकाईका अवसर सृजना गर्न गाउँपालिका स्थतरीय किशोरी सञ्जाल स्थानीय बालअधिकार समितिका संयोजकको संरक्षकत्वमा गाउँपालिका स्थरीय किशोरी सञ्जाल गठन गर्ने निर्णय गरेको छ ।

आभिमुखीकरण कार्यक्रमबाट १७ सदस्यीय किशोरी सञ्जाल गठन गरीएको छ । जसको संरक्षकमा स्थानीय बाल अधिकार समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष मिना थापा रहनु भएको छ । संयोजकमा यशोदा सुनार, सह—संयोजकमा सुगुना घर्तिमगर, सचिवमा निशा बुढा, सदस्यहरुमा अमृता नेपाली, रेखा पुनमगर, पूूर्णिमा भारती, पवित्रा विष्ट, एलिना महरा, अनिता विष्ट, नर्मा गौतम, गिता थापा , मनिष वि.क, प्रजिता रोकामगर, खुमा घर्तिमगर रहेका छन ।

- Advertisement -
Ad image

सुनिल स्मृति गाउँपालिकाको स्थानिय बाल अधिकार समितिका संयोगज तथा गाउँपालिकका उपाध्यक्ष मिना थापको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमको प्रमुख अतिथीमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी रहनु भएको थियो । कार्यक्रममा युएनएफपीए राेल्पाका जिल्ला संयोजक केदार राणा, एसएसडिसीका कार्यक्रम संयोजक रामनारयण शाह लगाएत गाँपालिकाका विभिन्न कर्मचारी, गाँउपालिका भित्रका किशोरीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array