Ad image

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रोल्पाको वित्तिय साक्षरता कार्यक्रम लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

भरत बिश्वकर्मा /मालश्री खबर चैत्र १२ गते, रोल्पा ।

राष्ट्रिय वाणिज्य बैँक लिमिटेड जिल्ला शाखा रोल्पाको वित्तिय साक्षरता कार्यक्रम लिवाङमा सम्पन्न भएको छ । Gobal Money Week २०२३ अन्र्तगत “समृद्धि सँग जोडौँ नाता सबै नेपालीको बैँक खाता” भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय वाणिज्य बैँक जिल्ला शाखा लिवाङ रोल्पाले लिवाङ स्थित बालकल्यान नमुना मा. बि. लिवाङमा अध्यनरत कक्षा ११ र १२ विद्यार्थीहरुलाई उक्त तालिम प्रदान गरिको छ ।


कार्यक्रममा बचत गर्ने बानी बिकास, बच्चा देखि वृद्धा सम्म सबैलाई अनिवार्य बचत गर्ने बानीको बिकास गराउन, बचत गर्दा हुने फाईदा, डिजिटल बैँकिङको विश्वव्यापी प्रयोग तथा पहुच विस्तार गर्न, विद्यार्थी सुपर सेभिङ, बैंकिङ कारोवारको लागी विश्वाशिलो र भरपर्दाे तरिका, वित्तिय कारोबार गर्दा अपनाउने सावधानी,बैंकको खाता खोल्ने तरिका, विद्यार्थी बालबालीका वृद्ध र अन्य व्यक्तिको लागी सहुलियत र नयाँ प्याकेजहरुको बारेमा जानकारी, बैँक तथा वित्तिय क्षेत्रमा हुने ठगी आदिको बारेमा सजग र सर्तकता अपनाउनुपर्ने, अनावश्यक फजुल खर्चलाई कम गर्ने बानीको बिकासका साथै वित्तिय पहुँचलाई विद्यार्थीको माध्यमबाट घर-घरमा पु¥याउनको लागी उक्त तालिम प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।


उक्त कार्यक्रमको प्रस्तुती राष्ट्रिय वाणिज्य बैँक जिल्ला शाखा रोल्पाका सहायक प्रवन्धक प्रतिक कुमार मिश्रले गर्नुभएको थियो । कार्यक्रको अध्यक्षता राष्ट्रिय वाणिज्य बैँक जिल्ला शाखा लिवाङका शाखा प्रबन्धक विष्णु गैरेले गर्नुभएको कार्यक्रको सञ्चालन राष्ट्रिय वाणिज्य बैँकका सहायक शाखा प्रबन्धक बिजय आचार्यले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

   

प्रतिक्रिया दिनुहोस्

Array