Ad image

सुकिदह युवा क्लबको पाचौं वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा

मालश्री खबर
मालश्री खबर ११ चैत्र २०७९, शनिबार
2 Min Read
Aa

सुर्यप्रकाश बुढा /मालश्री खबर चैत्र ११ गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ मा रहेको सुकिदह युवा क्लबको पाचौं वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । चैत्र १२ गते आईतबार एक कार्यक्रका विच क्लबको पाँचौ वार्षिकोत्सव उद्धघाटन गरीने क्लबले जनाएको छ । उद्धघाटन कार्यक्रमको प्रमुख अतिथीमा लुम्बीनी प्रदेशका सांसद दिपेन्द्र पुन सिजल रहनु भएको छ । कार्यक्रमको विशिष्ट अथिथीमा गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा रहनु भएको आयोजकले जानकारी दिएको छ । “आजको आवश्यकता,समाजको विकासमा युवा सहभागित” भन्ने मुुल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा साबिकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता,खुल्ला महिला भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, एकल नृत्य प्रतियोगिता र घैटाफोर प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरेको छ ।

साबिकको शुद्ध वडा स्तरीय प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार, द्वितीय पुरस्कार नगद २५ हजार, तृतीय पुरस्कार नगद १५ हजार र सान्त्वना पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद २५ हजार,द्वितीय पुरस्कार नगद १५ हजार तृतीय पुरस्कार नगद १० हजार र सान्त्वना पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।लोक दोहोरी प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ हजार, द्वितीय पुरस्कार नगद ३ हजार र तृतीय पुरस्कार नगद २ हजार राखिएको छ । एकल नृत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद ३ हजार,द्वितीय पुरस्कार नगद २ हजार र तृतीय पुरस्कार नगद १ हजार राखिएको छ भने घैटाफोर प्रतियोगितामा नगद २ हजार बराबर पुरस्कार राखिएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो मालश्रीबाट गरीने सुकिदह युवा क्लबका सूचना तथा सञ्चार र टिम दर्ता उपसमितिका संयोजक सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्