Ad image

परिबर्तन गाँउपालिका उद्योग बाणिज्य संघले ग¥यो अध्यक्ष र प्रमुख प्रशासकीय सँग परिचयात्मक कार्यक्रम

मालश्री खबर
मालश्री खबर १० चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढामगर / मालश्री खबर चैत १० गते रोल्पा ।
परिबर्तन गाउँपालिका उद्योग बाणिज्य संघले गरिबर्त गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकीय सँगको संवाद तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाको आयोजनामा शुक्रबार सम्पन्न भएको हो।परिवर्तन गाउँपालिकामा ३० फागुनमा मात्र नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु भएका प्रेम जि.एम सँग रोल्पा उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका अध्यक्ष र पदाधिकारी तथा व्यावसायीले परिचयात्मक कार्यक्रम समेत गरेका छन ।


रोल्पा उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका अध्यक्ष प्रेम कुमार बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने र रोल्पा उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका पदाधिकारी तथा व्यावसायी लगायतको उपस्थिति रहेको थियो ।

साथै परिवर्तन गाउँपालिका भित्र व्यावसायीहरुको जल्दाबल्दा समस्या समाधानको विषयमा परिवर्तन गाउँपालिका लेखा अधिकृत,प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्ष सँग संवाद समेत गरिएको छ।सहभागी रोल्पा उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका पदाधिकारी र व्यावसायीले उठाएका प्रश्न र जिज्ञासालाई सम्बोधन गर्दै, परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपानेले बजेट,निति तथा कार्यक्रममा व्यावसायी सञ्चालन ऐन बनाएकोले आफ्नो पालिका भित्र दर्ता बिना कुनै व्यावसायी सञ्चालन गर्न नपाउने नियम उल्लेख गरिएको समेत बताउनुभयो ।


साथै उहाँले ठूलाठूला चाडपर्वको समयमा केही महिना अगाडि आफ्नोे मुख्य बजारमा अनुगमन गर्दा लामो समय देखि नवीकरण नगरिएको पाइएको समेत बताउनुभयो । परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले आफू रुकुम पश्चिमको सहायक सिडिओ भएर काम गर्दा त्यहाँ बजारहरुमा अनुगमन गर्दा म्याद गुर्जिएका सामानहरु फेला पारेको स्मरण गराउदै परिवर्तन गाउँपालिका भित्र पनि सञ्चालन हुँदै आएका व्यावसायीको पसलमा पनि हुन सक्ने समेत बताउनुभयो।आफू परिवर्तन गाउँपालिकामा आएको र केही दिन यता आफू विभिन्न बजारमा पुग्दा मुल्य सूची समेत नटाँसिएको बताउनुभयो ।

- Advertisement -
Ad image

नयाँ व्यावसायी सञ्चालन गर्दा दर्ता गर्न, भ्याट बिल र प्यान बिलमा ध्यान दिन समेत आग्रह गर्दै आफ्नो व्यावसायी सञ्चालन गरि रहँदा सरसफाइ र सामग्रीहरुको ध्यान दिन समेत आग्रह गर्नु भएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले व्यावसायी सञ्चालन स्वयंले सामान किन्दा म्याद हेरेर मात्र खरिद गर्न र बिक्री गर्न समेत आग्रह गर्नु भएको छ । साथै परिवर्तन गाउँपालिकाले आफ्नो पालिका भित्र उत्पादन हुने वस्तुहरुको संकलन गर्नको लागि संकलन केन्द्र बनाउने तयारीमा रहेको समेत बताउनु भयो ।

गाउँपालिकाको लक्ष्यलाई सफल बनाउनको लागि उद्योग व्यावसायीले सहयोग गर्नुपर्ने र थप सफल बनाउनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभयो । केही समय गाउँपालिकाले अनुगमन गर्दा धेरै कमजोरी भेटिएको र अबको केही दिनमै आफूहरू बजार अनुगमन गर्ने तयारीमा रहेको समेत बताउनुभयो।साथै उद्योग वाणिज्य संघ र गाउँपालिकाको सहमति,सहकार्य र सहयोग हुनुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभयो।कार्यक्रमको सञ्चालन रोल्पा उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाका अध्यक्ष प्रेम कुमार बुढा मगरले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array