Ad image

रोल्पामै पहिलो पटक सार्वजनिक सुनुवाई कार्यविधि कार्यन्वयन गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री खबर
मालश्री खबर १० चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

गणेश केसी

रोल्पामै पहिलो पटक सुनिलस्मृति गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्वन्धि कार्यविधि कार्यन्वयन गर्दै छ । सुनिलस्मृति गाउँपालिकाको यही चैत्र २६ गते वडा नं. ३ मिझिङमा सम्पन्न गर्न लागिएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यपालिकाले पास गरेको कार्यविधि कार्यान्वयन गर्दै सम्पन्न गर्न लागिएको हो ।

घुम्ती सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने रोल्पा जिल्लामा सुनिलस्मृति गाउँपालिका एक मात्र हो । यसका साथै प्रत्यक चौमासिक रुपमा सार्वजनिक सुनुवाई सम्पन्न गर्ने गाउँपालिका पनि सुनिलस्मृति गाउँपालिका नै हो । रोल्पा जिल्लाका धेरै जसो पहिलो कार्यकालका जनप्रतिनिधीहरुले सार्वजनिक सुनुवाई भनेको थाहै नपाएर विताए भने त्यस बेला पनि जिल्लामा सबै भन्दा धेरै सार्वजनिक सुनुवाई गर्ने गाउँपालिका पनि सुनिलस्मृति गाउँपालिका नै रहेको थियो । दोस्रो कार्यकालका लागि गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी निर्वाचित भएर आए पश्चिात उहाले सार्वजनिक सुनुवाई कार्यविधि बनाएर नै ब्यवस्थित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गर्न लाग्नु भएको छ ।

सुशासनको विभिन्न सुचकहरु मध्य सार्वजनिक सुनुवाई पनि एक हो । स्थानिय सरकार संचालन ऐनमा पनि प्रत्यक चौमासिकमा सार्वजनिक सुनुवाई संचालन गर्नु पर्ने उल्लेख गरिएको छ । जनताले चालु आर्थीक वर्षमा स्थानिय सरकारले बजेट कहा कहा विनियोजन ग¥यो, कस्ता योजनाहरु पालिकाले ल्याएको छ, विनियोजन गरेको बजेट कसरी खर्च हुदैछ यि प्रश्नको जवाफ सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गर्नु पर्ने प्रावधान गहेको छ । सार्वजनिक सुनुवाईमा आफ्नो गाउँ, ठाउँमा भए गरेका समस्याहरु सम्वन्धित कर्मचारी र जनप्रतिनिधीहरुसंग राख्ने, कार्यालयले दिएको सेवा प्रवाहको बारेमा जिज्ञासा, प्रश्न, प्रतिकृया वा सुझाव समेत दिन सकिन्छ ।

- Advertisement -
Ad image

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा जिल्लामै पहिलो बनेको सुनिलस्मृति गाउँपालिका आगामी आर्थीक वर्षकालागि अझै उत्कृष्ट स्थान लिने गरि काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले बताउनु भएको छ । गाउँपालिकाले प्रदान गरेको सेवा प्रवाह प्रति गुनासो भए तत्काल गुनासो गर्न र सेवाप्रदायकहरुले गरेको गुनासो तत्काल सम्वोधन गर्ने गरि काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनु भएको छ ।

यही चैत्र २६ गते सम्पन्न हुने सार्वजनिक सुनुवाई कार्यक्रमका लागि सार्वजनिक सुनुवाई संयोजक करार नियुक्ती गरि बस्ति बस्तिमा जनताको गुनासो संकलन गर्ने सुनिलस्मृति गाउँपालिकाले जनाएको छ । ८ वटा परिच्छेद र ६ वटा अनुसूची भएको सार्वजनिक सुनुवाई सम्वन्धि कार्यविधिमा सार्वजनिक सुनुवाईको उदेश्य, परिभाषा, ब्याख्या, नागरिक बडापत्र ब्यवस्थापन, सार्वजनिक सुनुवाईको विषय, प्रारम्भिक तयारी, अधिकारीहरुसंग सम्पर्क, सहभागीहरुको चयन, सार्वजनिक सुनुवाई संयोजकको ब्यवस्था, कार्यक्रम संचालन, समीक्षा, प्रतिवेदन लेखन लगाएतको विषय उल्लेख गरिउको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array