Ad image

निर्माणाधिन सुकिदह धार्मिक पर्यटक स्थलको निर्माण कार्य रोकियो, स्थानिय आक्रोशित

मालश्री खबर
मालश्री खबर १० चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

हिमाली खडका / मालश्री खबर चैत १० गते रोल्पा ।
निर्माणाधिन सुकिदह धार्मिक पर्यटक स्थलको निर्माण कार्यसव डिभिजन बनकार्यालयले रोक्का गरिदिएको भन्दै स्थानिय आक्रोसित बनेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ रमाइगाउँको सिरानमा रहेको सिद्धाबाबा मन्दिर सुकिदहको सरक्षण, सुकिदह धार्मिक पर्यटन पुर्वाधार निर्माण, दहपुर्ण निर्माण तथा घेरबार, शौचालय तथा पार्क निमार्ण र प्रतिक्षालय निर्माणको लागी भनि गाँउपालिका बाट ५० लाख, प्रदेश सरकारले ५० लाख र पर्यटन मन्त्रालय बाट ८ लाख र फेरी संघीय सरकार बाट २५ लाख गरी जम्मा १ करोड ३३ लाख रकम सोहि क्षेत्रको लागी छुट्याइएको थियो ।

यहि असार मसान्त सम्म सम्पुर्ण काम सक्ने सम्झौता भए पनि केहि दिन देखि काम रोकिएको त्यहाका स्थानियले बताएका छन् । मन्दिर स्थल सम्म निमार्णाधिन सामाग्री पुर्याउनको लागी सडक निर्माण गर्ने क्रममा सामुदायीक बनमा केहि बुट्यानहरु काटिएकाले डिभिजन बन कार्यालय रोल्पामा उजुरी परेको भन्दै बन कार्यालयले निर्माण कार्य रोकि दिएको भन्दै स्थानिय आक्रोसित बनेका छन् । बाटो निर्माण गर्ने क्रममा केहि मात्र बुट्यान काटिएको भए पनि १ बोटको २ वटा विरुवा रोप्न आफुहरु तत्पर रहकोे उनिहरुले बताएका छन् । गंगादेव गाउँपालिका वडा न.२ का स्थानिय जगंबहादुर भण्डारी भन्नु हुन्छ, यउटा मन्त्रालयले निमार्णको लागी सहयोग पुर्याउछ, अर्को मन्त्रालयले निमार्णमा बाधा पुर्याउछ, ।

यसरी निर्माणाधिन कार्य रोक्का गरिदिनु गलत भएको बताउनु भयो । त्यस्तै सुकिदहलाई धार्मिक पर्यटकीय स्थल बनाउनु पर्छ भनि सुरु देखि लागी परेका सोहि ठाउँका स्थानिय समाजसेवी भिम बहादुर वलीले आफैमा ऐतिहासिक महत्व बोकेको पर्यटकीय धार्मिक स्थल निर्माण कार्यमा एक दुई जना व्यक्तिले अवरोध गर्दा निर्माण रोकिएको बताउनु भयो । यहाँका ९९ प्रतिशत जनता सुकिदह धार्मिक पर्यटक स्थलमा निर्माणको लागी सहमत भएको र १ प्रतिशत बन कार्यालयमा मौखिक उजुरी दिंदा निमार्ण कार्य रोकिएको उहाँ यसरी बताउनु हुन्छ । गंगादेव गाउँपालिका वडा नं. २ र ३ को सिमानामा रहेको उक्त धार्मिक पर्यटकीय स्थल निर्माण कार्य जुनसुकै हालतमा भए पनि सम्पन्न गर्नै पर्ने उनिहरुले अडान लिएका छन् ।

- Advertisement -
Ad image

यदि यसरी नै निर्माण रोक्का भइ बजेड फ्रिज भएमा आफुहरु जनमास सहित आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । यहि विषयमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरी बहादुर पुन सम्बन्धीत पर्यटक स्थलमा पुगी त्यँहाका स्थानिय सगं छलफल गरी कुनै पनि हालतमा बजेड फ्रिज हुन नदिने उद्घोष गर्नुभयो । यस क्षेत्रको विकासको लागी नै आफुले पालीका बाट यति ठुलो रकम विनियोजन गरेको हो । यो निर्माण कार्य सम्पन्न भए विशेष यहाँकै जनतालाई टेवा पुग्ने भन्दै निर्माण कार्यमा बाधा नपुर्याउन स्थानियलाई अनुरोध समेत गर्नुभयो । बन कार्यालयमा मौखिक उजुरी परेको भए पनी सम्बन्धित निकाय सगं तत्कालै छलफल गरी निर्माण कार्य सुचारु हुने आश्वासन समेत दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्