Ad image

सुलिचौरमा आयोजित महोत्सव सफल पार्न हामी सबै लाग्नु पर्छ – कृष्ण बहादुर महरा

मालश्री खबर
मालश्री खबर ९ चैत्र २०७९, बिहीबार
4 Min Read
Aa

गणेश केसि मालश्री खबर चैत ९ गते रोल्पा ।
कृषि, पर्यटन, ब्यापार तथा सस्कृति सबैको साझा विषय भएकाले यि क्षेत्रहरुको विकासमा सबै लाग्नु पर्ने एकिकृत माओवादी केन्द्रका उपाध्यक्ष, पार्टी प्रवत्ता एवं पुर्व सभामुख कृष्णबहादुर महराले बताउनु भएको छ । रोल्पाको सुलिचौरमा रोल्पा कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिम महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै महराले यस्तो बताउनु भएको हो ।


रोल्पा जिल्ला कृषि क्षेत्रकालागि उत्तम क्षेत्र भएकाले रोल्पामा कृषि क्षेत्रको विकास गर्नका लागि सबै लाग्नु पर्ने बताउनु भएको छ । हाम्रो ठाउँमा जमिन, जल, बन जंगल र श्रम सबै भएकाले उलपब्ध स्रोत र साधनको सदुपयोग गरेर रोल्पालाई संवृद्ध बनाउन सकिने धरणा ब्यक्त गर्नु भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं.४ सुलिचौरमा सबैको साझा सरोकारको विषय उठान गरेर आयोजना गरिएको महोत्सव सबै मिलेर मात्र सफल पार्न सुझाव दिनु भएको छ ।

हामीसंग भएको पैसा, बुद्धि र बल सबै विदेशमा गइरहेकाले नेपालमा आर्थिक मन्दी आएको बताउदै, रोल्पाको आर्थीक संवृद्धिमा महोत्सवले भुमिका खेल्ने बताउनु भएको छ । महोत्सव सफल पार्नकालागि रोल्पाका सम्पुर्ण राजनीतिकदल, सबै स्थानिय तह, कृषक, ब्यापारीहरुको समन्वय हुनु पर्ने बताउनु भयो । त्यसका लागि आयोजकले अझै मेहनत गर्न समेत आग्रह गर्नु भएको छ । महोत्सवको सफलताको शुभकामना ब्यक्त गर्दै महराले रोल्पामा आयोजना गरेको महोत्सव सफल भएमा सुलिचौर सफल हुने, सुलिचौर सफल भएमा रोल्पा सफल हुने रोल्पा सफल भए हामी रोल्पाली संबृद्ध हुने भएकाले महोत्सव सफल पार्न सबै लाग्न समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी लुग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले रोल्पामा कृषि क्षेत्रले भने जस्तो प्रगति गर्न नसकेको, धेरै समस्याका कारण कृषि क्षेत्र समस्या ग्रस्त भएकाले यस क्षेत्रको विकाश गर्न नसकिएको बताउनु भएको छ । महोत्सवले ओझेलमा परेको कृषि क्षेत्रको विकासका लागि सहयोग पुग्ने बताउनु भएको छ । रोल्पामा अधिकांसले कृषि पेशा गर्ने भए पनि समस्या नै समस्याका विच रोमल्लिरहेकाले कृषि क्षेत्रकालागि आफुहरु पनि चिन्तीत भएको प्रतिकृया दिनु भएको छ । महोत्सवले सास्कृतिक क्षेत्रपनि समेटेकाले नेपाली सस्कृतिमा आयातित सस्कारले नेपाली सस्कार मासिने अवस्थामा पुगेकाले महोत्सवमा नेपाली सस्कृतिलाई स्थान दिन आग्रह समेत गर्नु भएको छ ।

- Advertisement -
Ad image


कार्यक्रमका अर्का अतिथी सुनिलस्मृति गाउँपालिकाका निवर्तमान अध्यक्ष गुणेन्द्र घर्तीले कृषि, शिक्षा, उद्योग, पर्यटन लगाएत सम्पुर्ण क्षेत्रमा प्रतिष्पर्धा हुनु पर्ने धारणा ब्यक्त गर्नु भएको छ । हरेक क्षेत्रको प्रतिष्पर्धा भएमा मात्र विकाश हुने भएकाले त्यसकालागि स्थानिय सरकारले ध्यान दिनु पर्ने बताउनु भएको छ । एउटा क्लवले कृषि, पर्यटन, ब्यापार र सस्कृतिकालागि यति ठुलो महोत्सवको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्दै अन्य निकायहरुले पनि यस खालको महोत्सवहरुको आयोजना गर्नु पर्ने बताउनु भएको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, उद्योगी, ब्यापारी, बुद्धिजिबीहरुको आतिथ्यता रहेको थियो । महोत्सवका संयोजक इमान विष्टको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको अवसरमा स्वागत मन्तब्य भूमिस्थान युवा क्लवका सचिव कार्तिक बस्नेतले दिनु भएको थियो । कार्यक्रमको संचालन कलाकार राजेश भण्डारीले गर्नु भएको थियो । आज उद्घाटन गरिएको रोल्पा कृषि, पर्यटन, ब्यापार तथा सास्कृतिक महोत्सव चैत्र २० गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा कृषि, उद्योग, ब्यापार, पर्यटकिय क्षेत्र तथा सस्कृति झल्कने विभिन्न सामाग्रीहरु प्रदर्शन गर्न सकिने आयोजकले जानकारी दिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दैनिक प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ । महोत्सवमा पिङ, झुला, बालउद्यान्नको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवलोकन गर्नका लागि बालवालीका, विद्यार्थी, अपांग, जेष्ठ नागरिकहरुलाई विशेष छुट दिइने बताइएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array