Ad image

सहिद परिवार सम्मान तथा विविध खेलकुद साँस्कृतिक प्रतिरोध दिवस २०७९ सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ चैत्र २०७९, बिहीबार
3 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर चैत ९ गते रोल्पा ।

लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ को आयोजनामा सञ्चालीत सहिद परिवार सम्मान तथा विविध खेलकुद साँस्कृतिक प्रतिरोध दिवस २०७९ बिहिबार सम्पन्न भएको छ । “शहिद र शहिदको सम्मान, ईतिहासको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका साथ चैत्र ५ गते देखी कार्यक्रम सञ्चालन भएको थियो । उक्त वडाले आयोजना गरेको कार्यक्रममा सामना साँस्कृतिक अभियानले सहकार्य गरेको बताईएको छ । वडापालिकाले उक्त अवसरमा सहिद परिवारलाई सम्मान समेत गरेको थियो । कार्यक्रम उद्धघाटनको दिन आयोजकले जनयुद्धमा घाईते २ जना, ४५ जना सहिद परिवार र २ जना सोही घटनामा संलग्नलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

       

साथै वडाले विभिन्न प्रतियोगितात्म खेलकुदहरुको आयोजना गरेको थियो । पुरुष भलिवल, महिला भलिबल, लोकदोहरी र सस्साकासी लागाएतका प्रतियोगिताको आयोजना गरेको वडाले जनाएको छ । पुरुष भलिवलमा एलफोर स्टार युवा समुह लिघा, प्युठान प्रथम, बडाचौर युवा क्लब लुंग्री ६ रोल्पा द्धितिया र इन्टर स्पोर्ट युवा समुह खुंग्री तृतिय भएका छन् । यस्तै महिला भलिबल तर्फ भुमिस्थान युवा क्लब बाग्मा प्रथम, बराहक्षेत्र मावि किलाचौर द्धितिय र संयुक्त फुलबारी युवा समुह सिउरी तृतिय भएका छन् । लोक दोहोरी प्रतियोगिता तर्फ आयोजक ए प्रथम, आयोजक बि द्धितिय र आयोजक सी तृतिय भएका छन् । रस्सा कसी प्रतियोगितामा भने ईन्टर स्पोर्ट क्लब खुंग्री प्रथम, आयोजक बि द्धितिय र जेलवाङ तृतिय भएका छन् । भलिबलमा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमस नगद रु २५ हजार, २० हजार र १५ हजार साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला भलिबल तर्फ प्रथम, द्धितिय र तृतिय हुनेले नगद रु १५ हजार, १० हजार र ५ हजार साथै कप, मेडल र प्रमाण पत्र प्रदान गरीएको छ ।

- Advertisement -
Ad image

समापन कार्यक्रमका प्रमुख अतिथी तथा लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले वडा नम्बर ६ ले जनयुद्धमा घाईत र सहिद परिवारलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्नु भएको छ । देश र जनताको लागि आफ्नो ज्यानको बलिदान दिने सहिद प्रति उच्च सम्मान गर्दै उहाँले वडा नम्बर ६ लाई युद्ध पर्यटनको रुपमा विकास गर्नको लागि आफुले स्थानिय सरकार र प्रदेश तथा संघमा पनि बजेट विनियोजनको लागि पहल गर्नुे बताउनु भएको छ ।

 

समापन कार्यक्रममा लुंग्री गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जोखबहादुर बुढाथोकीको अध्यक्षता रहेको थियो । वडा पालिकाका कार्यलय सहयोगी दिवसकुमार थापाले सञ्चालन गर्नु भएको कार्यक्रमको विशिष्ट अतिथी चन्दबहादुर बस्नेत (तुफान) रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्