Ad image

परिवर्तन गाउँपालिका–१ नं. वडामा संचालित योजनाको अनुगमन

मालश्री खबर
मालश्री खबर ८ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

परिवर्तन गाउँपालिकाले आफ्नो वडा भित्र रहेका बहुवर्षे योजनाहरुको अनुगमन गर्दै आएको छ । सोही अनुसार परिवर्तन गाउँपालिका–१ कुरेलीको योजनाको अनुगमन गरिएको हो । बुधवार आज खरिबोट खेलकुद मैदान निर्माण तथा घेराबार र शौचालयको अनुगमन गरिएको छ । प्रदेशको शर्सत अनुदानको करिब १० लाख बराबरको लागतमा सम्पन्न भएको खेलकुद मैदानको अनुगमन भएको हो ।

सोही वडाको अर्को कुरेली दोभान झोलुङ्गे पुलको समेत अनुगमन गरिएको छ । परिवर्तन गाउँपालिकाको पुँजीगत र संघको शर्सत अनुदानको करिब २२ लाख ७४ हजार ९ सय ९९ रुपैयाँ बराबरको लागतमा निर्माण सम्पन्न भएको हो । साथै मंगलबार परिवर्तन गाउँपालिका–६ को पनि योजनाको अनुगमन गरिएको हो । जसमा लाँकुरीचौर तटबन्धको समेत अनुगमन गरिएको थियो । परिवर्तन गाउँपालिकाको पुँजीगत लगानीको करिब १० लाख बराबरको लगानीमा सम्पन्न भएको छ । अर्को सोही वडाको परिवर्तन गाउँपालिकाको चप्कामा निर्माणाधीन अवस्थामा रहेको १५ शैया अस्पतालको समेत अनुगमन गरिएको छ । २०७७ देखि सुरु भएको संघको करिब १५ करोड बराबरको लगानीमा अस्पताल निर्माण भइरहेको छ ।

परिवर्तन गाउँपालिकाका उपाध्यक्ष तथा पालिका स्तरीय अनुगमन समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका पूर्वाधार शाखाका सव इन्जिनियर खगेन्द्र बुढा मगर, परिवर्तन गाउँपालिकाका रोजगार शाखाका सव इन्जिनियर कबिन्द्र सुनार, परिवर्तन गाउँपालिकाका सव इन्जिनियर मोहन घर्ती मगर, पत्रकार सुर्य प्रकाश बुढा मगर लगायतको टोलीले अनुगमन गरेको हो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array