Ad image

गंगादेव गाउँपालिका ३ मा अवस्थित विभिन्न फलफूल खेती तथा बाख्रा फर्मको अवलोकन

मालश्री खबर
मालश्री खबर ८ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

हिमाली खड्का

गंगादेव गाउपालिका वडा नं. ३ मा अवस्थीत विभिन्न कृषि खेती तथा बाख्रा फर्मको अवलोकन तथा अनुगमन गरिएको छ । कृषि विकाश बैंक लिमिटेड नेपालका कार्यकारी प्रमुख राजेश कुमार श्रीवास्तप रोल्पाको गंगादेव आएको अवसरमा गंगादेव गाउपालिका वडा नं. ३ का विभिन्न फलफूल खेती तथा बाख्रा फर्मको अवलोकन गरिएको हो ।

गंगादेव गाउँपालिकाका अध्यक्ष हरीबहादुर पुन, कृषि विकास बैंक लिमिटेड नेपालका कार्यकारी प्रमुख गोविन्द गुरुङ, कृषि विकास बैंक प्रदेश कार्यालय दाङका निर्देशक राजेश कुमार श्रीवास्तप, कृषि विकाश बैंक जिल्ला शाखा कार्यालय सल्यानका प्रमुख बलबहादुर साउद, कृषि विकाश बैंकका युवराज डाँगी, शुभास चापागाई, वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी लगाएतले रोल्पामा स्याउ खेतीको लागि अत्यन्त प्रख्यात मानिने क्षेत्र गंगादेव गाउपालिका वडा नं. ३ का विभिन्न ठाउँमा रहेका फलफूल खेतीको अवलोकन गर्नुभएको हो ।

- Advertisement -
Ad image

फलफूल खेतीको अवलोकन गर्नेक्रममा वडा नं. ३ को चामिमा रहेको इन्द्रबहादुर खत्रीको किवि फलफुल नर्सरी फर्म, वडा नं. ३ को मनिमारेमा रहेको भिम बहादुर खत्रिको लभि स्याउ खेती तथा कृषि फर्म, वडा नं. ३ मने मनिमारेमा अवस्थीत भेभि पर्यटन स्याउ व्यवसायी खेती र लोकमान वलीको वली बाख्रा फर्मको समेत अवलोकन गरिएको हो ।

कतिपय किसानले कृषि विकाश बैंकको सहयोगका कारण आज आफुहरुले कृषि क्षेत्रबाटै राम्रो आम्दानी गरिरहेको बताएका थिए । अवलोकन गर्नेक्रममा गंगादेव गाउँपालिकाका अध्यक्ष हरीबहादुर पुनले वडा नं. ३ का किसानहरु अत्यन्त मेहनती, कृषिमा धेरै परिश्रम गर्ने भएको हुदा श्रहानीय काम गरेको भन्दै किसानहरुको प्रशंसा समेत गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array