अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मंगलबार रोल्पाको लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ८ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

भरत विश्वकर्मा /मालश्री खबर, चैत ८ गते , रोल्पा ।

अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मंगलबार रोल्पाको लिवाङमा मनाइएको छ । संयुक्त दलित मानव अधिकार मञ्च रोल्पाको आयोजना तथा महिला मानव अधिकार रक्षक संजाल को समन्वयमा उक्त कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाको सभाहलमा मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रूपमा रहनुभएका रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीले एक जातिले अर्को जातिले विभिन्न कारणमा हेप्ने, होच्याउने , दमन गर्ने परम्परा कायम रहेको र यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । अधिकार प्राप्त गर्नको लागि जो हेपाइमा छ जो जो अन्यायमा परेको छ उक्त ब्यक्ति अधिकार प्रप्त गर्न अघि बढ्नुपर्ने बताउनुभयो । जातीय छुवाछूत अन्त्य गर्नको लागि आफैले आफ्नो मानसिकता र व्यवहार परिवर्तन गर्न सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथिका रूपमा रहनुभएका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जातीय विभेद भएमा प्रतिरोध गर्नुपर्ने वा कानुनी उपचार खोज्नुपर्ने आग्रह गर्नुभयो । जातीय विभेद भएको कारण थर परिवर्तन गर्ने गरेको मा थर परिवर्तन गरेर भन्दा आफ्नो चेतना परिवर्तन गर्नुपर्ने देखिएको बताउनु भयो । आफ्नो न्यायको लागि सधै ओकालत गर्न आग्रह गर्नुभएको छ । साथै भोलिको दिनमा विभेद मुक्त बनोस् भन्दै सुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

 


जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियारको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डागीँ, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष खेम बुढा, नेपाली काग्रेसँ रोल्पाका सचिव शेरबहादुर थापा, संयुक्त दलित मानव अधिकार मञ्चका सह–संयोजक मोहन परियार, मानव अधिकार कर्मी श्रीकुमारी घर्ती लगाएत विभिन्न मिडियामा आबद्ध पत्रकार मानव अधिकार कर्मी, विद्यार्थी लगाएतको उपस्थित रहेको थियोे । महिला मानव अधिकार रक्षककी अध्यक्ष तिर्था आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालक संयुक्त दलित अधिकार मञ्चका सचिव टिकाराम परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्