Ad image

कृषि बिकास बैंकको वित्तीय साक्षरता कार्यक्रम गंगादेबमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ७ चैत्र २०७९, मंगलवार
4 Min Read
Aa

हिमाली खड्का / मालश्री खबर चैत ७ गते, रोल्पा ।
कृषि बिकास बैंकको वित्तीय साक्षरता कार्यक्रम मंगलबार गंगादेव गाँउपालिकाको मनिमारेमा सम्पन्न भएको छ । वित्तीय सेवामा किसानको पहुच र प्रयोग बढाउने उद्देश्यका साथ कृषि विकास बैंक लिमिटेड जिल्ला शाखा रोल्पाको आयोजनामा मंगलबार रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ मनिमारेमा एक कार्यक्रमका विच सम्पन्न भएको हो । कृषि विकास बैंक लुम्बिीनी प्रदेश कार्यालय दाङका निर्देशक राजेश कुमार श्रीवास्तपको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा कृषि विकास बैंक नेपालका कार्यकारी प्रमुख CO गोविन्द गुरुङ रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरी बहादुर पुन रहनु भएको थियो ।

त्यस्तै कार्यक्रमको अन्य अतिथिहरुमा गंगादेव गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष लोकमान डागी, वडा नं. ७ का वडा अध्यक्ष प्रेम प्रकाश के.सी, कृषिविकास बैंक जिल्ला शाखा कार्यालय सल्यानका प्रमुख बल बहादुर साउद, कृषि विकास बैंकका युवराज डागी, शुभास चापागाई, गंगादेव गाउपालिका वडा नंं. ३ का निःबर्तमान वडा अध्यक्ष जलेशकुमार के.सी,सफल कृर्षक इन्द्र बहादुर खत्री लगाएत रहनुभएको थियो । कार्यक्रममा गंगादेव गाउपालिका वडा नं. ३ का किसान,महिला समुह, सिद्धाथ नमुना माद्यामिक विद्यालय घोप्टेओढार र विरेन्द्र मावि नाउलीमा कक्षा ११ र १२ मा अध्यनरत विधार्थीहरुको सहभागतीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक कृषिविकास बैंक लिमिटेडका कार्यकारी निर्देशक गोविन्द गुरुङले बैंक केहो, यसको काम, कृषक र विद्यार्थीहरुलाई कसरी बचत गर्न सक्ने बानी बसाल्ने लगाएतका बारेमा जानकारी दिनुभएको थियो । साथै कृषकलाई ऋण दिएर कृषकलाई नै नाफा कमाउन सहयोग पुर्याउने एक मात्र बैंक कृषि बिकास बैंक भएको बताउनु भयो ।  किसानहरुको लागी कृषि विकास बैंक सधै अग्रसर रहने समेत आस्वासन समेत दिनुभयो । साथै वित्तीय साक्षरताको अर्थ, यसको आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, बचत गर्दा आफुहरुलाई हुने फाइदा, कृषि विकास बैंकमा खोलीने विभिन्न प्रकारका खाता लगाएतका बारेमा समेत किसानन तथा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको हो ।

- Advertisement -
Ad image


कृषि विकास बैंक लुम्बिीनी प्रदेश कार्यालय दाङका निर्देशक राजेश कुमार श्रीवास्तपले नुनदेखि सुन सम्मको कारोबार गर्न कृषि विकास बैंक सधै तत्पर रहने बताउनु भयो । साथै बचत गर्न सिक्नको लागी यो कार्यक्रम विद्यार्थीहरुको लागी अझ उपयोगी भएको हुदा विद्यालयले समय दिए विद्यालयमै पुगी आफुहरुले यो कार्यक्रम गर्न सक्ने बताउनु भयो ।

यसै गरी साक्षरता कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गंगादेव गाउँपालिकाका अध्यक्ष हरीबहादुर पुनले कृषकहरुको लागी कृषि विकास बैंक विश्वासीलो र भरपर्दो बैंक भएको बताउनु भयो । साथै गंगादेव गाँउपालिकामा अधिकांशले खेती किसान गर्ने भएको हुदा कृषकहरुलाई मध्यनजर गर्दै गंगादेव गाँउपालिकामा कृषिविकास बैंकको शाखा खोलियो भने मात्र पनी यहाँका कृषकहरुको मनोबल बढ्ने भएको हुदा त्यस तर्फ आफुले सके जतिको पहल गर्ने बताउनु भयो । यो कार्यक्रम यस क्षेत्रको लागी अत्यन्त प्रभावकारी भएको बताउदै गंगादेव गाउँपालिकाका कृषकको लागी कृषि विकास बैंकको आवश्यता परेको भन्दै कार्यक्रममा उपस्थीत कृषिविकास बैंक लिमिटेड नेपालका कार्यकारी निर्देशक, कृषिविकास बैंक लिमिटेड प्रदेश कार्यलयका निर्देशक र कृषिविकास बैंक रोल्पाका प्रमुखलाई शाखा सञ्चालनको लागी सहयोग गरीदिनुहुन आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष लोकमान डाँगीले वडा नं. ३ को मनिमारेमा यति राम्रो कार्यक्रम सञ्चालन हुनु नै गौरवको कुरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । आफु कृषिविकास वैंककै सहयोगका कारण वलीबाख्रा फर्म सञ्चालन गरेको र अहिले एक सफल कृषक भएको बताउनुभयो । वित्तीय साक्षरता कार्यक्रमको सञ्चालन कृषिबिकास बैंक रोल्पाका प्रबन्धक राजकुमार विश्वकर्माले गर्नुभएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्