Ad image

परिवर्तन गाउँपालिकाद्वारा ५ नम्बर वडाको योजनाको अनुगमन

मालश्री खबर
मालश्री खबर ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर चैत ६ गते, रोल्पा ।

परिवर्तन गाउँपालिकाले आफ्नो वडा भित्र रहेका बहुवर्षे योजनाहरुको अनुगमन गर्दै आएको छ।सोही अनुसार परिवर्तन गाउँपालिका(५ राङ्कोटको योजनाको अनुगमन गरिएको हो।जसमा आज श्री नेरा नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय राङ्कोट मौलाबोटको भवन फिनिसिङ,घेरबार र शौचालयको अनुगमन गरिएको छ।परिवर्तन गाउँपालिकाको करिब ३० लाख बराबर रुपियाँमा निर्माण भइरहेको बताइएको छ।

अर्को सोही राङ्कोटकै खरिगैरा खेलकुद मैदान निर्माण तथा मर्मतको समेत अनुगमन गरिएको छ।प्रदेशको समपुरक बजेटको करिब १० लाख बराबरमा निर्माण भएको छ।परिवर्तन गाउँपालिकाका उपाध्यक्ष गाउँपालिका तथा वडापालिका स्तरीय अनुगमन समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि।एम,परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने,परिवर्तन गाउँपालिकाका पूर्वाधार शाखाका सव इन्जिनियर खगेन्द्र बुढा मगर,परिवर्तन गाउँपालिकाका रोजगार शाखाका सव इन्जिनियर कबिन्द्र सुनार,परिवर्तन गाउँपालिका(६ का सव इन्जिनियर मोहन घर्ती मगर,पत्रकार सुर्य प्रकाश बुढा मगर लगायतको टोलीले अनुगमन गरेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्