Ad image

परिवर्तन गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय परिक्षाको अनुगमन

मालश्री खबर
मालश्री खबर ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर चैत ६ गते, रोल्पा ।

परिवर्तन गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षाको अनुगमन गरेको छ।आइतबारका दिन परिवर्तन गाउँपालिका(५ को श्री नेरा नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय राङ्कोट मौलाबोटको अनुगमन गरिएको हो।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको नेतृत्वमा भएको परिक्षाको अनुगमनमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, प्रमुख प्रशासकीय अधिकृत प्रेम जिएम र परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने लगायतको टोलिले अनुगमन गरेको छ।

अनुगमन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिक्षा के कसरी सञ्चालन भइरहेकोे छ भन्ने प्रसंगमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले शान्त र भैरहित बाताबरणमा चलिरहेको प्रतिक्रिया दिएको थिए।आफूले पनि अनुगमन गर्दा त्यहीँ कुरा पाएको समेत बताउनु भएको छ।यो बर्ष देखि परिवर्तन गाउँपालिकाले कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षा बनाएर सञ्चालन गरेको छ।परिवर्तन गाउँपालिकामा २०७९ को वार्षिक परिक्षा चैत २ गतेदेखि चैत १० गतेसम्म आयोजना गरिएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array