Ad image

जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु

मालश्री खबर
मालश्री खबर ५ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर चैत ५ गते, रोल्पा ।

जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको छ । परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पाको आयोजनामा जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको हो । चुनावको समयमा मात्र मतदाताहरुको घरमा जानेर चुनाव पछि जनताको घरदैलो नजाने भन्ने गुनासोलाई सम्बोधन गर्ने, चुनावमा गरेका प्रतिबद्धता, परिवर्तन गाउँपालिका बाट सञ्चालन हुँदै आइरहेको सेवा प्रभावमा लगायत परिवर्तन गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम र बजेट प्रति बुझाई कस्तो छ र परिवर्तन गाउँपालिकाको आगामी दिनमा गर्नुपर्ने योजना प्रति सल्लाह सुझावलाई लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रमको चैत २ गतेदेखि परिवर्तन गाउँपालिका–२ राङ्सी बाट सुरुवात गर्नु भएको छ ।

सोही कार्यक्रम अनुसार आज परिवर्तन गाउँपालिका–४ का आम नागरिकहरु सँग श्री दिव्य ज्योति मावि माईस्थान पाछाबाङ्गमा भेटघाट र गुनासो सुन्ने काम गर्नु भएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको जनता सँग गाउँपालिका अध्यक्ष कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका–४ का वडा अध्यक्ष मानसिङ बुढा, परिवर्तन गाउँपालिका–४ का वडा सदस्यहरु लगायत परिवर्तन गाउँपालिका–३ का आम नागरिकहरु करिब ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो । साथै परिवर्तन गाउँपालिकाका अध्यक्षले यहाँका आम नागरिकले शैक्षिक क्षेत्रको सुधारको विषयलाई जोड्दारका साथ गुनासो गरेको र बजेटको विषयमा समेत जिज्ञासा राखेको बताउदै शिक्षालाई परिवर्तन गाउँपालिकाले निःशुल्क बनाउने लक्ष्य लिएरको र त्यो क्रमिक रूपमा सुधार हुँदै जाने बताउनुभयो । बजेट विषयमा पनि आफूहरूले निर्माण गरेको रेडबुक हेर्न समेत आग्रह गर्नु भएको छ । साथै बजेट भन्दैमा एकैपटक नआउने र क्रमिक रूपमा आउने समेत बताउनुभयो भने नीति तथा कार्यक्रम र बजेट पनि एकैपटक निर्माण नभएर आवश्यकता र लक्ष्य अनुसार निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने अहिलेको अवस्था भएको बताउनुभयो । उहाँले अहिले समिति मार्फत सञ्चालन भइरहेको पूर्वाधार विकास कार्यमा सैद्धान्तिक रूपमा बेरुजु आइरहेको समेत प्रक्रिया दिनु भएको छ । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपानेले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्