Ad image

परिवर्तन गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय परिक्षाको अनुगमन

मालश्री खबर
मालश्री खबर ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर चैत ५ गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षाको अनुगमन गरेको छ । आइतबारका दिन परिवर्तन गाउँपालिका–४ को श्री जनज्योति मावि आरखोला राकशेबाङ्मा अनुगमन गरिएको हो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको नेतृत्वमा भएको परिक्षाको अनुगमनमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम र परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने लगायतको टोलिले अनुगमन गरेको छ ।

 

अनुगमन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिक्षा के कसरी सञ्चालन भइरहेकोे छ भन्ने प्रसंगमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले शान्त र भैरहित बाताबरणमा चलिरहेको प्रतिक्रिया दिएको थिए । आफूले पनि अनुगमन गर्दा त्यहीँ कुरा पाएको समेत बताउनु भएको छ।यो बर्ष देखि परिवर्तन गाउँपालिकाले कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षा बनाएर सञ्चालन गरेको छ।परिवर्तन गाउँपालिकामा २०७९ को वार्षिक परिक्षा चैत २ गतेदेखि चैत १० गतेसम्म आयोजना गरिएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array