Ad image

परिवर्तन गाउँपालिकाद्वारा ४ नम्बर वडाको योजनाहरुको अनुगमन

मालश्री खबर
मालश्री खबर ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर चैत ५ गते, रोल्पा ।

परिवर्तन गाउँपालिकाले आफ्नो वडा भित्र रहेका बहुवर्षे योजनाहरुको अनुगमन गर्दै आएको छ । सोही क्रममा परिवर्तन गाउँपालिका–४ पाछाबाङको योजनाको अनुगमन गरिएको हो । जसमा आईतबार परिवर्तन गाउँपालिका–४ को चिप्ले ढुङ्गा त्रश पुलको अनुगमन गरिएको छ । उक्त संघ र गाउँपालिकाको करिब २८ लाख रुपियाँ बराबरमा निर्माण भएको छ । त्यस्तै प्रदेशको समपुरक बजेटको करिब १० लाख बराबर लागतमा निर्माण भएको दिपज्योती आधारभूत विद्यालय बासुकीडाँडाको पुरानो भवन र नयाँ शौचालयको समेत अनुगमन गरिएको छ ।

 

परिवर्तन गाउँपालिकाका उपाध्यक्ष गाउँपालिका तथा वडापालिका स्तरीय अनुगमन समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका पूर्वाधार शाखाका सव इन्जिनियर खगेन्द्र बुढा मगर, परिवर्तन गाउँपालिकाका रोजगार शाखाका सव इन्जिनियर कबिन्द्र सुनार, परिवर्तन गाउँपालिका–६ का सव इन्जिनियर मोहन घर्ती मगर, पत्रकार सुर्य प्रकाश बुढा मगर लगायतको टोलीले अनुगमन गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array