Ad image

परिवर्तन गाउँपालिका अध्यक्षद्वारा बिभिन्न योजनाहरुको अनुगमन

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढामगर /मालश्री खबर चैत्र ३ गते, रोल्पा ।
परिवर्तन गाउँपालिका अध्यक्ष लगाएतको टोलीले गाँउपालिका भित्र . रहेका बहुवर्षे योजनाहरुको अनुगमन गरेको छ । चैत २ गत देखि परिवर्तन गाउँपालिका वडा न. २ राङ्सीबाट गाँउपालिका अध्यक्ष सुक बहादुर बुढामगर नेतृत्वको टोलीले अनुगमन कार्यको शुरु गरेको परिबर्तन गाँउपालिकाले जानकारी दिएको छ । पालिका भित्र निर्माण भइरहेको र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन गर्दै आएको बताइएको छ ।

शुक्रबार परिवर्तन गाउँपालिका वडा न.३ को श्री बाल शिक्षा माद्यामिक बिद्यालय थुनिकोटमा निर्माण भएको प्रदेश र गाउँपालिकाको समपूरक बजेट बाट निर्माण भईरहको बिद्यालयको अनुगमन गरिएको त्यहाबाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढामगर जानकारी दिनु भएको छ । कुल ८३ लाख २१ हजार २ सय ९० रुपियाँ बराबरको रकमा निर्माण हुन लागेको बिद्यालयले जानकारी दिएको छ । यस चालू आर्थिक बर्षमा ५० लाख बराबर रकम आएको बताइएको छ ।

बाँकी बहुवर्षे योजना भएकोले अर्को आर्थिक वर्षमा थप रकम आउने बताइएको छ । भवनको जम्मा १२ कोठा रहेको छ । भवनको थप फिनिसिङ कार्य बाँकी रहेको जनाइएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष एंव अनुगमन समितिका संयोजक सुक बहादुर बुढामगरको संयोजकत्वमा भएको अनुगमनमा कार्यमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका लेखा शाखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका पूर्वाधार शाखाका सव इन्जिनियर खकेन्द्र बुढामगर, परिवर्तन गाउँपालिकाका रोजगार शाखाका सव इन्जिनियर कविन्द्र सुनार र पत्रकार सुर्य प्रकाश बुढा मगर लगायतको टोलीले अनुगमन गरेको बताइएको छ । साथै शुक्रबार नै परिवर्तन गाउँपालिका वडा न. ३ बागमारामा निर्माण भएको कभर्डहलको समेत अनुगमन गरिएको छ ।

- Advertisement -
Ad image

कभर्डहल परिवर्तन गाउँपालिकाको १५ लाख बराबर लागतमा निर्माण भएको बताइएको छ । बिहिबार परिवर्तन गाउँपालिका वडा न.२ राङ्सीमा रहेको श्री जनसेवा नमूना माविको दुईवटा भवनको समेत अनुगमन गरिएको थियो । प्रदेश सरकार बाट एउटा भवनमा १ करोड २५ लाख र अर्को भबनमा ४१ लाख बराबरको रकम बिनोयोजन गरिएको थियो ।

सोहि दिन श्री विश्वमित्र विद्यालयको भवनको समेत अनुगमन गरिएको छ । कुल २६ लाखको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र प्रदेशको विशेष अनुदानमा निर्माण भएको छ । श्री बाल विकास प्रावि भुल्टुङ राङ्सीको पनि निर्माणाधिन भवनको पनि अनुगमन गरिएको बताइएको छ । कुल २५ लाख बराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट बिनोयोजित रकम बाट उक्त भबन निर्माण भएको बिद्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array