Ad image

सुनिलस्मृती गाँउपालिकाले आफ्नै स्थानिय पाठ्यक्रम निर्माण गर्दै

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
4 Min Read
Aa

लोकेन्द्र चन्द/मालश्री खबर चैत्र ३ गते, रोल्पा ।

सुनिलस्मृती गाँउपालिकाले आफ्नै स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको सुनिल स्मृतीगाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले जानकारी दिनु भएको छ । सुनिलस्मृती गाँउपालिका र स्ट्रोम फाउन्डेसनको सहयोगमा सहास नेपालद्धारा सञ्चालित (सिड्स) परियोजना अन्तर्गत पाठ्यक्रम निर्माण गर्न लागेको सिड्स परियोजनाका जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले जानकारी दिनु भयो । यसको लागी स्थानिय पाठ्यक्रमको निर्माणको काम तत्काल शुरु गर्ने भनेर गाँउपालिका र सहास नेपालद्धारा सञ्चालित (सिड्स) परियोजना बिचमा सम्झौता समेत भईसकेको सुनिलस्मृती गाँउपालिकाले जानकारी दिएको छ ।


स्थानिय पाठ्क्रम तयारिको प्रक्रियामा संलगन सरोकारवाहरु पक्षमा बिद्यार्थीहरु, अभिभाबक, समुदाय, शिक्षकहरु,बिद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघ, किशोरकिशोरी युवाहरु,स्थानिय शिक्षा एकाई, वडा र गाँउपालिका, स्थानिय शिक्षा बिज्ञ, सामाजिक अगुवा तथा निजी क्षेत्रहरु रहने समेत बताइएको छ । यसका लागी पहिलो चरणको छलफल यहि चत्र ४ गते शनिबारका दिन गाँउपालिका कार्यालय सुलिचौर रोल्पाका गर्न लागेको सुनिलस्मृती गाँउपालिका उपाध्यक्ष मिना थापाले बताउनु भयो । पहिलो चरणमा स्थानीय तहका सरोकारवाला, विज्ञ, कुन कुन विषयमा स्थानीय तहको पाठ्यक्रम विकास गर्न सकिन्छ, सो को आधार, आवश्यकता पहिचान गर्ने क्षेत्रहरु, सबैभन्दा बढी व्यक्तिले चाहेको र स्थानीय आवश्यकताको विषय, व्यवसायिक तथा गैह्र व्यावसायिक कुन क्षेत्रलाई जोड दिने हो यकिन गरी आवश्यकता पहिचान गरिने गाँउपालिका अध्यक्ष बुढाथोकिले जानकारी दिनु भयो ।

उक्त दिन हुने छलफलमा गाँउपालिका भित्र रहेका जनप्रतिनिधी, शैक्षिक क्षेत्रका अगुवाहरु, माद्यामिक बिद्यालयका सामाजिक बिषय अध्यापनरत शिक्षक प्रध्यानाध्यापकहरु, नगरिक समाज, बुद्धिजिवी आदिको सहभागिता रहने गाँउपालिकाले बताएको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेट्न नसकेको भन्दै स्थानीय पाठ्यक्रमको अवधारणा अनुसार पाठ्यक्रम निर्माण गर्न लागेको गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले बताउनु भयो ।

- Advertisement -
Ad image

नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिक लगायतका परिवेशका कारण समाजको आवश्यकता र चाहना फरक फरक छन् । त्यसैले नेपालको सन्दर्भमा पाठ्यक्रम तयार पार्दा Think lGobllay Act  Locllay को अवधारणालाई आत्मसात गर्नु पर्ने खाँचो रहेको छ । स्थानिय पाठ्यक्रम निर्माण गर्न सकेमा स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गर्न सजिलो हुने बताइएको छ । यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु समेत स्थानिय बिषय बस्तु समेतेर राख्ने गरिन्छ । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन सहयोग गर्दछ । स्थानीय स्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ ।

स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा पनि लिन सकिन्छ । नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुने कुरा उल्लेख गरिएको छ ।
विद्यालय तह सम्मको शिक्षक अधिकार स्थानीय सरकार मातहत ब्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय स्तरको शैक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने अधिकार उल्लेख गरेको छ । २००३–२००८ सम्म सञ्चालित सबैका लागि शिक्षा र माध्यमिक शिक्षा सहयोग कायक्रमले दश देखि पन्ध्र प्रतिशत सम्म स्थानीय पाठ्यक्रममा जोड दिएको थियो ।

विद्यालय क्षेत्र सुधार तथा विद्यालय क्षेत्र विकास कार्यक्रमले स्थानीय पाठ्यक्रम विकास र सुधारमा जोड दिएको छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०६० को दिर्घकालिन सोचमा स्थानीय सिप, व्यवसाय, पेसा, स्रोतसाधनको महत्व र आवश्यकता पहिचान गरी विकास गर्न पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई स्थान दिने उल्लेख गरिएको छ । प्राथमिक तहमा मातृभाषाको पठनपाठन गराउन नसकिने विद्यालयहरुमा स्थानीय तहका लागि उपयोगी पेसा, व्यवसाय, सिप र प्राविधिक विषयहरु जस्तो माटोको काम, धातु, काठ, ऊन, राडीपाखी, चोयाको काम, कागजको काम, करेसाबारी, फलफूल, तरकारी खेती आदि स्थानीय विषय छनौट गरी पठनपाठन गराउन सकिने र सामाजिक अध्ययन, सिर्जनात्मक तथा शारीरिक व्रिmयाकलाप विषयको २० प्रतिशत पाठ्यभारको पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आफैंले निर्माण गर्न सक्नेछ भनि उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्