Ad image

सामाजिक माबि जुतुङखोलामा अध्यनरत कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रमका बिच बिदाई

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

याम बहादुर खड्का/मालश्री खबर चैत ३ गत, रोल्पा ।
लुङ्ग्री गाँउपालिका वडा न. ३ जुतुङखोलामा रहेको सामाजिक माध्यामिक ३८ जना विद्यायलले एक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ । विद्यालयका प्रध्यानध्यापक खगेन्द्र खड्का क्षेत्रीको अध्यक्षतामा बिदाई कार्यक्रम आयोजना गरिएको बिद्यालयले जानकारी दिएको छ । कार्यक्रमको प्रमुख अथितिम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष एंव वडा न. ३ का वडा अध्यक्ष नेम बहादुर खड्का रहनु भएको थियो ।

कार्यक्रम को बिशिष्ट अथितिमा शिक्षक अविभावक संघका अध्यक्ष चेतमान पुन रहनु भएको बताइएको छ । बिदाई कार्यक्रमको अन्य अथितिहरुमा बिद्यालयका आर्थिक मुल समितिका अध्यक्ष तेज बहादुर घर्ति, बिद्यालयका शिक्षक, शिक्षिको रहेको थियो । कार्यक्रममा बिद्यालयमा अध्यनरत विद्यार्थीहरु उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य बिद्यालयका शिक्षक राम प्रसाद भुसालले गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक केशर खड्का ले गर्नुभएको थियो ।

विदाई कार्यक्रममा बोल्ने वक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको आगामि दिनमा थप उज्वल भविष्यको कामना गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ट अतिथी, अन्य अतिथी, बिद्यालयका प्रध्यानाध्यापक, बिद्यालयमा अध्यापनरत शिक्षकहरुले बिदाई भएर जाने विद्यार्थीहरुलाई अविर माला लगाएर विदाई गरेको ताल पोखरी युवा क्लवका प्रबक्ता याम बहादुर खड्का उदासिले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

विदाई भएर जाने विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट धेरै ज्ञानका कुरा सिकेको बताएका छन् । सधै गुरुले सिकाएको बाटोमा इमान्दार भएर लाग्ने र समाजमा उदाहरणीय काम गरेर देखाउने प्रतिवद्धता समेत ब्यक्त गरेको थिए । सोहि कार्यक्रमको अवसर पारेर सामाजिक माद्यामिक बिद्यालयमा अध्यापनरत दुई जना शिक्षक तिलक पुन र लेम प्रसाद अधिकारीलाई पनि बिदाई गरिएको बिद्यालय प्रसासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्