Ad image

परिवर्तन गाउँपालिकामा २ गते देखि २०७९ को वार्षिक परिक्षा सुरु

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर चैत ३ गत, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकामा २ गते देखि २०७९ को वार्षिक परिक्षा सुरु भएको छ । कक्षा १ देखि ९ कक्षा सम्मको २०७९ सालको वार्षिक परिक्षा सुरु भएको हो।२ गते देखि परिवर्तन गाउँपालिका भित्र रहेका ४३ ओटै सामुदायिक विद्यालयमा एकै साथ सुरु भएको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ । वार्षिक परिवर्तन आज देखि चैत १० गतेसम्म हुने परिवर्तन गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ।साथै गाउँपालिका स्तरीय आधारभूत तह(कक्षा ८)उत्तीर्ण समितिको मिति २०७९ फागुन १२ गतेको बैठकको निर्णय अनुसार शैक्षिक शत्र २०७९ को परिवर्तन गाउँपालिका स्तरीय आधारभूत तह(कक्षा ८)उत्तीर्ण वार्षिक परिक्षा बिहान ११ बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो।

 

सोही अनुसार आज पहिलो दिन अंग्रेजी विषय भएको छ।चैत ३ गते नेपाली,४ गते शनिबार,५ गते गणित, ६ गते सामाजिक, ७ गते विज्ञान, ८ गते पेशा, ९ गते ऐक्षिक कम्प्युटर र १० गते स्वास्थ्य तथा शारीरिक र नैतिक रहेको छ । साथै कक्षा ८ परिवर्तन गाउँपालिका स्तरीय भएकोले परिवर्तन गाउँपालिकाले अनुगमन समेत गरेको छ।जसमा परिवर्तन गाउँपालिका–१ कुरेलीमा रहेको जनकल्याण माविमा अनुगमन गरेको छ।परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगर, परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढा मगर र परिवर्तन गाउँपालिका शिक्षक महासंघका अध्यक्ष मनप्रसाद पुन लगायतले अनुगमन गर्नुभएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array