Ad image

चैत १२ गतेदेखि सुकिदह युवा क्लबको पाचौं वार्षिक उत्सव सुरु हुदै

मालश्री खबर
मालश्री खबर १ चैत्र २०७९, बुधबार
3 Min Read
Aa

सुर्यप्रकाश बुढा
मालश्री खबर चैत १ गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ मा रहेको सुकिदह युवा क्लबको पाचौं वार्षिक उत्सव २०७९ चैत १२ गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ । मंगलबार बसेको क्लबको बैठकले चैत १२ गतेदेखि १५ गतेसम्म श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोल्बोट नाफेको प्राङ्गणमा आयोजना गरिएको क्लबका अध्यक्ष गगन बुढा मगरले जानकारी दिनु भएको छ । वार्षिक उत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउनको लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा कार्यक्रम संयोजक, मञ्च व्यवस्थापन, अतिथी सत्कार, स्वयंसेवक परिचालन, मेच व्यवस्थापन,आर्थिक व्यवस्थापन,झाँकी व्यवस्थापन,सूचना तथा सञ्चार र टिम दर्ता लगायतका उपसमितिहरु निर्माण गरेको आयोजकले बताएको छ ।

क्लबको बैंककमा परिवर्तन गाउँपालिका–६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर,परिवर्तन गाउँपालिका–६ का निवर्तमान वडा अध्यक्ष भान्सिङ बुढा मगर,सुकिदह युवा क्लबमा आवद्ध कार्यसमितिका पदाधिकारी,परिवर्तन गाउँपालिका–६ भित्रका विभिन्न टोलका आमा समूहका अध्यक्ष, विद्यालयका शिक्षक तथा शिक्षिका,विभिन्न टोलका युवा सञ्जालका अध्यक्ष तथा सदस्यहरु,परिवर्तन गाउँपालिका–६ भित्रका विभिन्न टोल समितिका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको सुकिदह युवा क्लबका सचीव गणेश बुढा मगरले जानकारी दिनु भएको छ । “आजको आवश्यकता,समाजको विकासमा युवा सहभागिता“भन्ने मूल नाराका साथ सुकिदह युवा क्लबले आफ्नो पाँचौं वार्षिक उत्सव आयोजना गरेको छ।जसमा साबिकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता,खुल्ला महिला भलिबल प्रतियोगिता,लोक दोहोरी प्रतियोगिता, एकल नृत्य प्रतियोगिता र घैटाफोर प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरेको छ।

- Advertisement -
Ad image

साबिकको शुद्ध वडा स्तरीय प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार,द्वितीय पुरस्कार नगद २५ हजार,तृतीय पुरस्कार नगद १५ हजार र सान्त्वना पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद २५ हजार,द्वितीय पुरस्कार नगद १५ हजार तृतीय पुरस्कार नगद १० हजार र सान्त्वना पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।लोक दोहोरी प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ हजार, द्वितीय पुरस्कार नगद ३ हजार र तृतीय पुरस्कार नगद २ हजार राखिएको छ । एकल नृत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद ३ हजार,द्वितीय पुरस्कार नगद २ हजार र तृतीय पुरस्कार नगद १ हजार राखिएको छ भने घैटाफोर प्रतियोगितामा नगद २ हजार बराबर पुरस्कार राखिएको सुकिदह युवा क्लबका सूचना तथा सञ्चार र टिम दर्ता उपसमितिका संयोजक सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array