Ad image

लुङ्ग्री गाउँपालिका भित्र रहेका तिन पांग्रे सवारी साधनलाई १५ दिन भित्र दर्ता गराउन निर्देशन

मालश्री खबर
मालश्री खबर १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खवर चैत्र १ गते, रोल्पा । लुङग्री गाउँपालिकले पालिका भित्र संचालन भइरहेको तीन पांग्रे अटो रिक्सा दर्ता गर्नको लागि सबै अटो संचालकहरुलाई आग्रह गरेको छ । स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (४) को खण्ड (ट) बमोजि स्थानीय तह भित्र संचालन हुने तीन पांग्रे सवारी साधन अटो रिक्सा सम्बन्धित स्थानीय तहमा दर्ता भई अनुमति लिएर मात्र संचालन हुन पाउने व्यबस्था गरेको छ ।

सोही बमोजिम पालिकामा संचालन हुने अटो रिक्सा चैत्र १५ गते भित्र गाउँपालिकाको कार्यलयमा आवश्यक कागजत पेश गर्न पालिकाले सूचना निकालेर जानकारी गराएको छ । आश्यक कागजातमा अटो संचालकहरुले निवेदन, सवारी साधनको दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, सवारी धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सवारी चालक अनुमति पत्रको प्रतिलिपि लिएर गाउँकार्यपालिकाको कार्यालयमा दर्ता गराउनको लागि आग्रह गरेको छ ।

साथै लुंग्री गाउँपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम तिन पांग्रे सवारी साधन अटो रिक्साको दर्ता दस्तुर अनुमानि रु १ हजार तिर्नु पर्ने बताएको छ । सुचना प्रकाशन भएको १५ दिन भित्र गाउँपालिकामा दर्ता भई अनुमति नलिनेलाई सहावरु िसाधनलाई कानून बमोजिम कारबाही गरीने प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरीएकोे छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array