Ad image

लुङग्री गाउँपालिकाको किलाचौर बजार अनुगमन

मालश्री खबर
मालश्री खबर ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर फागुन ३०, रोल्पा । लुङग्री गाउँपालिकाले मंगलबार आज लुुङग्री गाउँपालिका वडा नं. ५ किलाचौरको बजार अनुगमन गरेको छ । दैनिक उपभोग्य खाद्य विक्रेताका पसल लगायत अन्य पसलहरु समेत अनुगमन गरेको लुङग्री गाउँपालिकाले जानकारी हो ।

निरिक्षन अधिकृत तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढाको नेतृत्वमा गरिएको वजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामाग्री नियन्त्रणमा लिएर जलाइएको थियो । आजबाट लुङगी गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिने भएको छ ।

- Advertisement -
Ad image

अनुगमनको क्रममा म्याद नाघेका बस्तुहरु जफत गरी नष्ट गरिएको गाउँपालिकाले जानकारी दिएइको छ । साथै दर्ता नभएका, नवीकरण नभएका पसलहरुलाई १५ दिनभित्र दर्ता गर्न, पसलको नाम देखिने बोर्ड राख्न, मुल्यसूची राख्न समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array