Ad image

विपद व्यवस्थापन तथा आर्थिक पुनर्लाभ योजना निर्माण कार्यशाला गोष्ठी सुलिचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २९ फाल्गुन २०७९, सोमबार
5 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर फागुन २९ गते, रोल्पा ।

विपद व्यवस्थापन तथा आर्थिक पुनर्लाभ योजना निर्माण कार्यशाला गोष्ठी सुलिचौरमा सम्पन्न भएको छ । सुनिलस्मृती गाँउपालिकाको आयोजना र आड्रा नेपाल र रुडास नेपालको सहकार्यका सञ्चालित प्रक्याभ ( PERCAV ) परियोजनाको सहयोगमा विपद व्यवस्थापन तथा आर्थिक पुनर्लाभ योजना निर्माण कार्यशाला सम्बन्धी गोष्ठी सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ ।

गाँउपालिका भित्र हुने विपदलाई कसरी न्यूनिकरण गर्न सकिन्छ विपद पुर्ब तयारी र विपद प्रतिकार्य योजना कसरी निर्माण गरेर कार्यान्वयन गर्ने भन्ने बारेमा छलफल गरिएको थियो । विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी सहजिकरण लक्ष्य ट्रेनिङ एण्ड रिसर्च सेन्टर ( LTRC ) धनगढी कैलालीको प्राबिधिक सहयोगमा डाक्टर मोहन बहादुर चन्द र बिबेक क्षेडालले सहजिकरण गर्नु भएको थियो । सहजिकरणको क्रममा चन्द र क्षेडालले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन सम्बन्धी ऐनको बारेमा जानकारी दिनु भएका थियो ।

- Advertisement -
Ad image

विपद्लाई न्युनिकरण गर्नको लागी स्थानिय सरकार देखि जिल्ला स्तरमा, प्रदेश स्तरमा र संघिय स्तरमा कस्को नेतृत्वमा कस्तो संरचनामा विपद् व्यवस्थापन समिती रहने गर्दछ भने बारेमा समेत जानकारी गराइएको थियो । विपद् दुई प्रकार बाट हुने समेत जानकारी गराइएको थियो । प्राकृतीक रुपमा हुने विपद् र गैरप्राकृतीक रुपमा हुने बिपद्लार्य छुत्याएर बिपद् न्युनिकरण कार्ययोजना बताउनु पर्ने स्थानिय सरकारलाई सुझाब दिनु भएको थियो ।

विपद्को समयमा अग्रपंक्तिमा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी वल नेपाल, नेपाल रेडक्रस शोसाइटी, समुदायमा रहेका तालिम प्राप्त जनशक्ति, सरकारी निकाय, गैर सरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी सस्था, सामुदायिक संस्था , उद्योग बाणिज्य संघ, छिमेकी, नाता गोता, सञ्चार माध्यम आदिको महत्वपुर्ण भुमिका रहने समेत जानकारी गराउनु भएको थियो ।

विपद् पुर्वतयारी र विपद् प्रतिकार्य योजनालाई प्रभाबकारी बनाउनको लागी पालिका भित्रको सबै वडा तथा बस्ती स्तरमा पुगेर विपद्को बारेमा जानकारी लिनु पर्ने र वडा स्तरमा पनि विपद् जोखिम न्युनिकरण र व्यवस्थापन सम्बन्धी समिती बनाएर काम गर्न सकेमा प्रभाबकारी हुने समेत सुझाब दिनु दिएका छन् ।

गाँउपालिका भित्र विपद् बाट हुने क्षेतीलाई न्युनिकरण गर्न र विपद् पुर्वतयारी र विपद् प्रतिकार्य योजनालाई प्रभाबकारी बनाउनको लागी तत्काल गाँउपालिका भित्रका सबै वडामा पुगेर वडा स्तरको विपद् पुर्वतयारी र विपद् प्रतिकार्य योजना बनाउने गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले जानकारी दिनु भएको छ ।

वडा स्तर बाट आएका र गाँउपालिका स्तर बाट गठन भएका समन्वय खोज तथा उद्धार, खाद्य तथा कृषि, आश्रयस्थल, बन्दोबस्ती, खानेपानी सरसफाई तथा स्वच्छता, स्वास्थ्य, पोषण, शिक्षा, गैरखाद्य सामग्र,ि संरक्षण, तत्कालीन पुर्नलाभ र सामाजिक सुरक्षा लगाएतका उपसमिती बाट आएको बिपद् न्युनिकरणको लागी विपद् पुर्वतयारी र विपद् प्रतिकार्य योजना सम्बन्धी सहल्ला सुझाबको आधारमा गाँउपालिका स्तरको विपद् न्युनिकरण विपद् पुर्वतयारी र विपद् प्रतिकार्य योजना निर्माण गाँउपालिका अध्यक्ष बुढाथोकिले बताउनु भयो ।

आड्रा नेपाल र रुडास नेपालको सहकार्यका सञ्चालित प्रक्याभ परियोजनाको सहयोगमा विपद व्यवस्थापन तथा आर्थिक पुनर्लाभ योजना सम्बन्धी कार्यक्रम रोल्पा जिल्ला जिल्लाको सुनिल स्मृती गाँउपालिका र रुन्टिगढी गाँउपालिकामा लागु भएको रुडास नेपालको सहकार्यका सञ्चालित प्रक्याभ परियोजना जिल्ला संयोजक बिनोद रिजालले जानकारी दिनुु भएको छ ।

सोहि कार्यक्रमको अवसरमा प्रक्याभ परियोजना जिल्ला संयोजक बिनोद रिजालले रुडास नेपालको सहकार्यका सञ्चालित प्रक्याभ परियोजना अन्तरगर्त सुनिलस्मृती गाँउपालिका भित्रका १ सय १० जना महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले काम गरि राखेको बताउनु भएको छ । त्यस्ता उद्यमि बन्ने महिलाहरुलाई सुरुमा प्रति व्यति रु २० हजार नगद आर्थिक सहयोग गरेर उद्यमि बन्नको लागी पे्ररित गरि राखेको जानकारी दिनु भएको छ ।

ति १ सय १० जना महिलाहरु कति कृषि अन्तरगर्त तरकारी खेती, बाख्रा पालन, बंगुर पालन, पेशामा संलगन भएको र कति सिलाई कटाई र किराना पसल व्यावसाय संचालन गरेर स्वरोजगार उद्यमि बन्नको लागी अग्रसर भएको समेत संयोजक रिजालले जानकारी दिनु भएको छ । १२ जना अपांगहरुलाई पनि स्वरोजगार उद्यमि बनेर जिबिकोपार्जन गर्न सजिलोे होस भनेर प्रक्याभ परियोजनाले सहयोग गरि राखेको छ । अन्य अपांग व्यतिहरुको सामान्य जिबन यापन गर्नको लागी स

सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिको अध्यक्षतामा भएको गोष्ठीमा, सुनिलस्मृती गाँउपालिका उपाध्यक्ष मिना थापा, प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेल, वडा न. १ का कार्यवाहक अध्यक्ष नरेन्द्र थापा, वडा न. ४ वडा अध्यक्ष ओबिलाल बस्नेत, वडा न. ६ का वडा अध्यक्ष लोकेन्द्र बहादुर थापा, वडा न. ७ का वडा अध्यक्ष रेशम रिजाल, वडा न. ८ का वडा अध्यक्ष धनराज रोका, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, आड्रा नेपालका कोडिनेटर शशि पन्थी, इलाका प्रहरी कार्यालय सुलिचौरमा प्रहरी साहेक निरिक्षक चेतलाल चौधरी, पत्रकार लोकेन्द्र चन्द, गाँउपालिका भित्रका बिभिन्न शाखाका शाखा प्रमुखहरु, लगाएत सरोकारवाला पक्षको सहभागिता रहेको थियो । रुडास नेपाल रोल्पाका अध्यक्ष भिम बहादुर घर्तिमगरको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सुनिलस्मृती गाँउपालिका विपद् व्यवस्थापन शाखा फोकल प्रसन भुपेन्द्र खड्काले गर्नु भएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array