Ad image

क्षितिज बुहुउद्देश्यीय सहकारी संस्थाको चौँथो बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः वली चयन

मालश्री खबर
मालश्री खबर २८ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर फागुन २८ गते, रोल्पा ।

क्षितिज बुहुउद्देश्यीय सहकारी संस्थाको चौँथो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । ‘ग्रामिण जिवन स्तरमा पुँजी विकासको महाअभियान’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त सहकारी संस्था गंगादेव गाउँपालिका वडा नम्बर २ सुख्खा ओडरमा अवस्थित रहको छ । क्षितिज बुहुउद्देश्यीय सहकारी संस्थाले विगत ४ बर्ष देखी त्यहाका जनताको जिवन स्तर उकास्नको लागि जनतासँगै हातेमालो गर्दै अगाडी बढी रहेको छ । क्षितिज बुहुउद्देश्यीय सहकारी संस्थामा करीव ५३० जना व्यक्ति आवद्ध रहेका छन् । चौँथो बार्षिक सधाण सभाले ७ नयाँ कार्यसमिती चयण गरेको छ ।

 

जसको अध्यक्षमा पुनः टोपबहादुर वली चयन हुनु भएको छ । उपाध्यक्षमा रमेश वि.क, सचिवमा जगतकिरण डिसी, कोषध्यक्षमा राजेन्द्र खड्का र सदस्यहरुमा भावना वली, हेमराज डाँगी र मनिसा डाँगी चयन भएका छन् । त्यसै गरी सहकारी संस्थाको लेखा सुपरिवेक्षक संयोजकमा प्रेमप्रकाश केसी, पदपुर्ति शिक्षा तथा तालिम संयोजकमा लिलाधर वली र ऋण उपसमिति संयोजकमा लालबहादुर केसी चयन हुनु भएको छ । क्षितिज बुहुउद्देश्यीय सहकारी संस्थाले मुख्य गरी वचन संकलन तथा ऋण प्रबाह, विप्रेषण सेवा र स्थानियहरुलाई खाद्य मल प्रवाह गर्दै आएको छ । संस्थाको वित्तीय प्रतिवेदन अध्यक्ष टोपबहादुर वलीले प्रस्तुत गर्नुभएको थियो ।

- Advertisement -
Ad image

उक्त सहकारी संस्थाले गंगादेव गाउँपालिकाको वडा नम्बर १, २, ६ र ७ मा सेवा प्रवाह गर्दै आएको छ । आगमी दिनमा पालिकका सम्पुर्ण ७ वटै वडामा यसका कार्यहरुलाई सञ्चालन गर्ने अध्यक्ष वलीले बताउनु भएको छ । सहकारी संस्थालाई यो स्थान सम्म सफलता पुर्वक ल्याउनको लागि सहयो गरेकामा सम्पुर्ण ग्राहक वर्ग तथा सेयरधनीहरुलाई वलीले धन्यवाद समेत दिनु भएको छ । कार्यक्रमा प्रमुख अतिथी तथा गंगादेव गाउँपालिकाका अध्यक्ष हरीबहादुर पुनले स्थानिय स्तरका जनतको जिवन स्तर उकास्नको लागि क्षितिज बुहुउद्देश्यीय सहकारी संस्थाको भुमिका महत्व पुर्ण भएको बताउनु भएको छ ।

जनताको इच्छा र आकांक्षलाई आत्मसाथ गर्दै आफ्नो पालिका भित्रका जनतालाई सेवा प्रवाह गरेकोमा सहकारी संस्थाका सम्पुर्ण कर्मचारी तथा सेयर धनीहरुलाई कृतज्ञता समेत व्यक्त गर्नुभएको छ । साथै उहाँले किसानलाई पनि सहुलियत पुर्ण सेवा पु¥याएकोमा खुसी व्यक्त गर्नु भएको छ । साथै स्थानिय सरकाले पनि अव सहकारीसँगै मिलेर जताको समस्याको सम्वोधन गर्ने कुरा वतउनु भएको छ । सहकारी संस्थाका अध्यक्ष टोपबहादुर वलीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक तथा सेयर धनी लिलाधर वलीले गर्नु भएको थियो । संस्थाका सेयर सदस्य तथा कोषाध्यक्ष राजेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विशिष्ट अतिथीमा गंगोदेव गाउँपालिकाकी उपाध्यक्ष निर्मला केसी रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array