Ad image

सुनछहरी गाउँपालिकाकोे अर्धवार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

जुनिस कुमार बिष्ट
मालश्री खबर फागुन २७ गत, रोल्पा ।

सुनछहरी गाउँपालिकाको अर्धवार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका केन्द्र पोबाङमा सम्पन्न भएको छ । गाउँपालिकाको चालु तर्फ २७ करोड १२ लाख १३ हजार ६ सय ४३ मध्य ९ करोड १९ लाख ३४ हजार २ सय ७६ हजार रुपैयाँ ३३ प्रतिशत रकम खर्च भएको र पुजीगत तर्फ कुल बजेट १६ करोड ५३ लाख ८१ हजारको १ करोड ४९ लाख ४० हजार ७ सय ४४ को ९ प्रतिशत खर्च भएको गाउँपालिका योजना अधिकृत रमेश गिरीले बताउनुभयो । कार्यक्रममा गाउँपालोकाको प्रगति बारे योजना अधिकृत गिरीले जानकारी गराउनुभएको थियोे ।

गाउँपालिका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ननकला घर्ती, प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्का, ७ वटै वडाको वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सदस्य जुनिस कुमार बिष्ट, रेडियो रोल्पाका अध्यक्ष भोलानाथ आचार्य, मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाका प्रतिनिधि लिलक घर्ती, इलाका प्रहरी कार्यालय पोबाङका प्रतिनिधि,गाउँपालिकामा कार्यरत कर्मचारीहरुलगाएतको उपस्थिति रहेको थियोे ।

- Advertisement -
Ad image

 

कार्यक्रममा सहभागीहरुले आफ्नो जिज्ञासा, प्रश्न तथा सुझाव राखेका थिए भने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्का, उपाध्यक्ष ननकला घर्ती, अध्यक्ष धनबहादुर पुनले जिज्ञासा तथा प्रश्नको बारेमा आफ्नो भनाइ राख्नुभएको थियो । उक्त कार्यक्रमको संचालन पशु शाखाका अधिकृत सुनबहादुर पुनले गर्नुभएको थियो भने स्वागत प्रशासन शाखा प्रमुख दयाबहादुर बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array