Ad image

किशोर किशोरी एनिमेटर सञ्जालले विविध प्रतियोगिताको आयोजना गरी फाल्गुन २४ गते नारी दिवस मनाए

मालश्री खबर
मालश्री खबर २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर फागुन २५ गते, रोल्पा ।

सहयोगी हातहरुको समुह (सहास) नेपालको सहयोगमा सुनिलस्मृति गाउँपालिकाको विभिन्न वडामा विविध कार्यक्रमको आयोजना गरी ११३ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर २, ४, ७ र ८ का किशोर किशोरी एनिमेटर सञ्जालको आयोजना तथा सुनिल स्मृति गाउँपालिका र सम्पुर्ण ४ वटा वडाका वडा स्तरीय महिला सञ्जालको समन्वयमा विविध प्रतियोगिता गरीएको हो ।

कार्यक्रममा स्वावलम्बन समुह तर्फ भलिवल प्रतियोगिता, रस्साकसी प्रतियोगिता र उत्कृष्ट जोडिको सम्मान गरीएको थियो भने किशोर किशोरी सञ्जालले सामाजिक सवालहरुमा आधारीत सडक नाटकको माध्यमबाट जनचेतनात्मक सन्देश दिएका थिए । कार्यक्रममा ४८ स्वावलम्वन समुहका करीब ११ सय मिहलाहरूको सहभागीता रहेको सहास नेपाल, सिड्स परियोजनाका जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

महीला सशक्तीकरणको उदाहरण स्वरूप स्वावलम्बन समुहको विचमा भएको भलिबल प्रतियोगिता अन्तर्गत वडा नम्बर २ मा सहनशिल स्वावलम्बन समुह लामाचौर प्रथम, सक्षम स्वावलम्बन समुह खुंग्री द्धितिय र चेतनशील स्वावलम्बन समुह खुंग्री तृतिय भएका छन भने वडा नम्बर ७ मा प्रगतिशिल स्वावलम्बन समुह प्रथम, समावेशी स्वावलम्बन समुह द्धितिय र लालीगुँरास स्वावलम्बन समुह तृतिय भएका छन् । पछिल्लो समय सहयोगी हातहरुको समुह (सहास) नेपालले किशोर किशोरी र महिलाहरुलाई जिविकोपार्जन र सचेतनाका कार्यक्रमहरु मार्फत जागरुक गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array