Ad image

पुरुष सरह काम र जिम्मेवारी बहन गर्न सक्छु भन्ने आत्मविश्वास हरेक महिलामा हुनु पर्छ – जिसस प्रमुख आचार्य

मालश्री खबर
मालश्री खबर २४ फाल्गुन २०७९, बुधबार
7 Min Read
Aa

मालश्री खबर/ फानगुन २४ गते, रोल्पा ।
पुरुष सरह काम र जिम्मेवारी बहन गर्न सक्छु भन्ने आत्मविश्वास हरेक महिलामा हुने पर्ने जिल्ला समन्वय समिती रोल्पाका प्रमुख आचार्य बताउनु भएको छ । रोल्पा नगरपालिका वडा न. १ र ४ ले सयुक्त आयोजना गरेको ११३ औँ नारी दिवसको अवसरमा यस्तो कुरा बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको आचार्यले ११३ औँ नारी दिवस सम्पुर्णमा शुभकामना व्यक्त गर्दै स्वतन्त्र रुपमा आफ्नो काम गर्न, आफुले चाहेको ठाउँमा जान, आफ्ना कुराहरु स्वतन्त्र रुपमा राख्न पाउने देन १० वर्षे जनयुद्धले दिएको कुरा उल्लेख गर्नु भएको छ । १० वर्षे जनयुद्धले जनताको आवजको प्रतिनिधित्व गर्दै स्वतन्त्रता प्रदान गर्नमा उल्लेख्य भुमिका खेलेको बनाउनु भयो । अहिलेको यो समयमा महिला महिलाको नै बाधक बन्ने, एक अर्काको मर्म नबुझिदिनाले समाजमा अझै महिलाहरु हिंसामा परेको बताउनु भयो । सबै महिला एक्यवद्धता भएर लाग्न, एउटा महिलाको पिडा अर्को महिलाले बुझिदिने र महिलाको सम्मान महिलाले नै गरेमा मात्र समुन्नत समाज निर्माण गर्न सकिने बताउनु भएको छ ।

व्यवस्था बदलिए पनि महिलाहरुको अवस्था बदल्न नसकेको मा दुःख व्यक्त गर्दै सचेत र सक्षम महिलाहरु अब अवस्था बदल्नको लागि एक्यबद्ध भएर लाग्नु पर्ने बताउनु भएको छ । बहस, छलफलबाट आफुले पाएको अधिकारलाई सहि ठाउँमा प्रयोग गर्ने वातावरण सिर्जना गर्न सबै महिला मिलेर अगाडी बढ्नु पर्ने कुरा औल्याउनु भएको छ । फरक प्रसंगमा बोल्दै आचार्यले जिल्लामा भएका बालविवहा र बहुविबहा, सम्बन्ध विच्छेद र आत्महत्याको समस्या बढिरहेको बताउदै विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले सचेतनाका कार्यक्रम गर्दै गर्दा पनि समस्या समधान नहुनुको कारण आफुले पक्ता लगाउन नसकेको बताउनु भएको छ ।


त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिले अझै पनि धेरै देशहरुमा महिलाहरुलाई दोस्रो दर्जाको रुपमा राखेको रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिले बताउनुभएको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताउनुभएको हो । उहाँले अहिलेको समयमा पनि छोरा र छोरी बीचको भेदभाव कायममै रहेको केही मात्रामा कमि परिवर्तन भएको मेयर घर्तिले बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, अहिले रोल्पाका छोरीहरु पनि विभिन्न राष्ट्र पदमा गएका छन, ओनसरी घर्ति नेपालकै पहिलो महिला सभामुख भएका छन । पहिले पहिले होस्टेल रिसार्ट चलाएर अहिले सिंहदरबारमा पुगेको कुरा बताउनुभएको छ । यस्तै उहाँले दलित, महिला, उत्पीडित समुहलाई कोटाको व्यवस्था गरि अगाडि बढ्ने अवस्था सरकारले सिर्जना गरेको बताउनुभएको छ ।

- Advertisement -
Ad image

आफनो अधिकार प्राप्त गर्नको लागि ठुलो संर्घष र द्धन्दबाट मात्र अधिकार प्राप्त गर्न सफल भएको उहाँको भनाई रहेको छ । बालबालिकालाई सकारात्मक सोच, शिक्षित बनाउनेमा अविभावकको महत्वपुर्ण हात रहेको कुरा बताउदै नारी दिवसको शुभकामना समेत दिनुभएको थियो । मेयर घर्तिले त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिनुभएको छ ।” अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास घर्तिले व्यक्त गर्नुभएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने दिवस मनाएको समेत बताउनुभएको छ ।

सोहि कार्यक्रमकै अवसरमा बोल्दै माण्डबी गाँउपालिका प्रमुख नबराज अधिकारीले शब्दबाट होइन व्यावहारबाट महिला र पुरुष असमान्तालाई अन्त्य गर्ने बताउनु भएको छ । ११३ औं महिला दिवसको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देश समेत दिनुभएको थियो । गाउँपालिका अध्यक्ष अधिकारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभएको हो । “राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो रहेको समेत बताउनु भएको छ ।

कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, सरकारी गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, सुरक्षा कर्मि, महिला अधिकार कर्मि, नागरिक समाजका अगुवा, आमा समुह, महिला स्वास्थ्य स्वयम सेविका लगाएतको आतिथ्यता रहेको थियो । ११३ औं महिला दिवसको अवसर पारेर रोल्पा नगरपालिका वडा न. १ र वडा न. ४ भित्र बाट उत्कृष्ट अध्ययन र पेशामा संलगन महिलाहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा एसिया प्यासिफिक क्षेत्रबाट एसियाकै उत्कृष्त बिद्यार्थि भएर पहिलो नम्बर नाम निकालेर नेदरल्यानको अध्ययन सकाएर अहिले भारतमा कानून बिषयमा पि.एच.डी.गर्दै गरेको भन्दै प्रकृती मल्ललाई सम्मान गरिएको छ । त्यस्तै कल्पाना आचार्य, नर्सिङ स्टाप सातौ तहमा बढुवा भएकोमा मिना कंवर, इन्जिनीयर कबिता गोसाई , इन्जिनीयर मन कुमारी पुन, इन्जिनीयर सुनिता गोसाई, इन्जिनीयर सचेतना गोसाई र इन्जिनीयर अम्बिका गोसाईलाई पनि सम्मान गरिएको छ ।
स्वास्थ्य स्वंयम सेविका भएर स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको भन्दै वडा न. १ र वडा न. ४ मा कार्यरत महिला स्वास्थ्य स्वंयम सेबिकाहरु टिका बिष्ट, बिर्सना घर्ति, माया पुन, हिरा कुमारी कंवर, तिर्थकला पुन, भिमता घर्ति र मनकुमारी घर्तिलाई पनि सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
रोल्पा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रोल्पा नगरपालिकाकी प्रेस संयोजक देबीकुमारी गरुङले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा स्वागत मनतव्य रोल्पा नगरपालिका वडा न. १ का वडा अध्यक्ष खुम बहादुर थापाले गर्नु राख्नु भएको थियो । ११३ औं महिला दिवसको अवसरमा ११३ औं महिला दिवसको अवसरमा प्रतियोगितात्मक लोक गीत प्रतियोगिता, कुर्सि डौड प्रतियोगिता,तातो आलु प्रतियोगिता र गोवाडा फुटाई प्रतियोगिता समेतको आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्