Ad image

वाईसिएल रोल्पाले प्रजिअ मार्फत सरकारलाई बुझायो ज्ञापन पत्र

मालश्री खबर
मालश्री खबर २३ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर फागुन २३ गते, रोल्पा । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) जिल्ला संगठन समिती रोल्पाले प्रमुख जिल्ला अधिकरी परमानन्द घिमिरे मार्फात सरकालाई ज्ञापन पत्र बुझाएको छ । फागुन २३ गते वाईसिएलले उक्त ज्ञापन पत्र बुझाएको हो ।

“देशमा विभिन्न खालका चरणहरुलाई पार गर्दै आमुल परिवर्तनको अमन चयन र समृद्धी नेपाल सुखी नेपालीको परिकल्पना सहितको नेपालमा संविधान सभाको निर्वाचन नयाँ संविवधान जारी नयाँ संविधानद्धारा देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पनि सम्पन्न भईसकेका छन् । नेपाल कम्युूनिष्ट पार्टी माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार निर्माण भई यतिवेला देश राष्ट्रपतिको निर्वाचनको संघारमा छ । अहिलेको सरकारको प्रमुख दायित्व भनेको देशमा अस्थिरता महंगी,चर्को ब्याजदर, कालोबजारी, कमिसनतन्त्र, घुसखोरी, भ्रष्टचारी जस्ता असंख्यक कार्यहरुलाई तत्काल निययन्त्रण गरी शान्ती, स्थायित्व विकास, समृद्धि र सुशासन कायम गर्र्नु हो । देशमा संघिय संरचना निर्माण भई लोकतान्त्रिक गणतन्त्र नेपालको परिकल्पना समेत भई सकेकाले गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका अधुरा अपुरा बाँकी रहेका कार्यहरुलाई तार्किक निष्कर्षमा पु¥याउनु पर्ने बेलामा केही प्रतिगामी देशद्रोही तत्वहरुले सम्माननिय प्रधानमन्त्री तथा हाम्रो नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ लाई २०६३ साल मंसिर ५ गतेको विस्तृत शान्ति समझौता विपरित सर्बोच्च अदालतमा मुद्धा दायर गरेको हुँदा उक्त मुद्धा खारेज गर्नको लागि हाम्रो संगठन योङ कम्युनिष्ट लिग नेपाल रोल्पा जिल्लाको तर्फबाट गम्भिर ध्यानआकर्षण गराउँदछाँै” ज्ञापन पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array