Ad image

पर्यटन अभियान्ताहरु बालकुराम र सिर्जना सेजुवा लिस्ने लेकमा पुगेर युद्ध पर्यटनको बारेमा डकुमेन्ट्री निर्माण गर्दै

मालश्री खबर
मालश्री खबर २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

फागुन २३, रोल्पा ।  रोल्पाकाे सुनिलस्मृति गाउँपालिका ७ तेबाङको लिस्ने लेकमा आयोजित होली बिशेष कार्यक्रममा पर्यटन अभियान्ताहरु पृथ्वी पुन ( बालकुराम), कर्णाली क्षेत्रकी पर्यटन अभियान्ता सिर्जन सिज्जु लिस्ने लेकमा पुगेर युद्ध पर्यटनकोबारेमा डकुमेन्ट्री निर्माण कार्यको लागि भिडियो छाँयाङकन गरेका छन ।

लिस्ने पहाड नेकपा मा‌‌‌‍‍ओवादीले जनयुद्धकाबेला तत्कालीन जनमुक्ति सेना र सरकारी शाही नेपाली सेनाबीच भिडन्त भएको थियो । त्यस भिडन्तको २ दिनपछि जनमुक्ति सेनाले गामको सैनिक ब्यारेक माथि हमला गरेको थियो।

शान्ति प्रक्रियापछि रोल्पा र प्युठानका मानिसहरुले फागुन १ गतेका दिन जनयुद्ध दिवस मनाएर सहिदहरुलाई सम्झिने गर्दै आएका छन । यस्तै होलीको दिन पनि दुई जिल्लाका मानिसहरु उपस्थिति भएर आफ्ना दुख सुख, प्रेम, भाइचारा सद्भाव आदानप्रदान गरि होली पर्व मनाउने गरेको स्थानीयहरुले बताए ।

- Advertisement -
Ad image

होली एउटा चाड भएको र त्यसैलाई जोडेर लिस्ने एउटा पुर्वी क्षेत्रको अग्लो पहाड, जनयुद्धको चर्चित ठाउँ भएकोले युद्ध पर्यटनको बिकास र प्रचारप्रसारको लागि लिस्ने लेक सम्बन्धि डकुमेन्ट्री निर्माण गर्न लागिएको पर्यटन अभियान्ता बालकुराम पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array