Ad image

नेपाल शिक्षक संघ रोल्पाको ९ आँै जिल्ला अधिवेशन सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ फाल्गुन २०७९, आईतवार
4 Min Read
Aa

मालश्री खबर/ फानगुन २१ गते, रोल्पा । नेपाल शिक्षक संघ जिल्ला कार्य समिती रोल्पाको ९ आँै जिल्ला अधिवेशन तथा निवृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।“शिक्षकको मर्यादित पेशा विद्यार्थीलाई जिवनोपयोगी शिक्षा” भन्ने मुल नाराका साथ रोल्पाको सदरमुकाम लिबाङमा एक कार्यक्रमका विच सम्पन्न भएको हो । नेपाल शिक्षक सघं रोल्पाका अध्यक्ष भगवती मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभाति अमरसिंह पुन रहुन भएको थियो ।

अधिवेशन कार्यक्रममा वोल्दै प्रमुख अतिथी अमरसिंह पुनले ९ औँ जिल्ला अधिवेशन बाट चयन हुने नयाँ कार्यसमितीमा उर्जावान र क्षमतावान व्यक्ति आउनु पर्नेमा जोड दिनुभयो । नेतृत्वमा आउने व्यक्तिहरु कुनै नेताको आडमा नभई क्षमताको आधारमा चयन हनुपर्ने र शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा कार्य गर्ने व्यक्तिले विद्यार्थीहो चौतर्फि विकासको लागि अहम् भुमिका खेल्न पर्नेमा जोड दिन आग्रह गर्नु भयो । यसैगरी आफ्नो हकहित र पेशागत सुरक्षाको लागि सदैब ईमानदार र कटिबद्ध भएर सुझाव समेत दिनुभयो । शिक्षण पेशामा आबद्ध हुदै गर्दा राज्यबाट प्राप्त हुने सेवा सुबिधा तथा पारिश्रमिक तोकिएको स्केलमा नपाएको खण्डमा आफ्नो आवाज उठाउन आग्रह गर्दैै शिक्षक संगठन रोल्पालाई पार्टी तथा व्यक्तिगत तर्फबाट सदैव साथ सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
त्यस्तै कार्यक्रममा वोल्ने अन्य अतिथीहरुले शिक्षा क्षेत्रमा योगदान गर्ने सम्पुर्ण शिक्षकहरुले आफ्नो हक हितको लागि सधै सत्यको पक्षमा उभिएर अधिकार प्राप्त गर्नु पर्ने सुझाव दिएका थिए । शैक्षिक क्षेत्रको सुधारको लागि शिक्षक हरुलाई राज्यले पनि प्रयाप्त मात्रामा सेवा सुविधा उपलब्ध गराउनु पर्ने समेत बताउदै नयाँ कार्यसमितिमा नेपाल शिक्षक संगठनलाई हाक्न सक्ने नेतृत्व आउनु पर्नेमा जोड दिएका छन् । यसैगरी कार्यक्रममा विभिन्न पालिकामा निवृत्त भएका नेपाल शिक्षक संघमा आवद्ध १७ जनालाई सम्मान गरीएको छ ।
अधिवेशन बाट अध्यक्षमा हुमलाल विष्ट लाई सर्वसम्मत रुपमा चयन गरिएको छ । जस्को उपाध्यक्षमा कल्पाना बुढामगर रहनु भएको छ भने पुरुष अध्यक्षमा शेर बहादुर पुन रहनु भएको छ । त्यस्तै सचिवमा मान बहादुर बस्नेत, अर्थ सचिवमा टोप बहादुर घर्ति, सह–सचिवमा अमृत बहादुर घर्तिमगर, महिला सह–सचिवमा इन्द्रु कुमारी घर्ति आले, समावेशी सह–सचिवमा कुमार विक्रम आले, सह–सचिव शसीराम विष्ट लगाएत अन्य सदस्यहरु रहनु भएको छ ।

कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्य समितीका महासचिव लालप्रसाद पंगेनी, नेपाल शिक्षक संघ कार्यसमितिका उपाध्यक्ष अम्मरबहादुर खड्का, शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका प्रमुख तथा विशिष्ट अतिथी दुर्गाबुहादुर खड्का, शिक्षा विकास तथा समन्वय ईकाई रोल्पाका प्रमुख दुर्गाबहादुर खड्का, नेपाली कांग्रेस जिल्ला कार्यसमिती रोल्पाका सभापती किश्वरकुमार आर्चाय, नेपाली कांग्रेस रोल्पाका पुर्व जिल्ला सभापति तथा समाज सेवी कृष्णबहादुर घर्ति मगर, नेपाली कांग्रेस प्रदेश सभा २ ख का सभापती गोपाल घर्ति मगर, नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्यहरु नेरेन्द्रध्वज केसी र सालिकराम केसी, ट्रेड युनियन कांग्रेस रोल्पाका अध्यक्ष अभिमानसिङ घर्ति, नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टी सचिव तथा प्रवक्ता जितविक्रम मल्ल, नेपाल विद्यार्थी संघ रोल्पाका संस्थापक अध्यक्ष तथा पर्टीका पुर्व सचिव ज्ञानबहादुर वली लगाएत विभिन्न सञ्चारमाध्याममा आवद्ध सञ्चारकर्मि तथा पत्रकार हरुको उपस्थीत रहेको थियो । नेपाल शिक्षक संघ जिल्ला कार्य समिती रोल्पाकी उपाध्यक्ष माया घर्तिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती रोल्पाका सिचव चुर्नबहादुर केसीले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

 

 

प्रतिक्रिया दिनुहोस्

Array