Ad image

नेपाल शिक्षक सघं रोल्पाको अध्यक्षमा विष्ट सर्वसमत चयन

मालश्री खबर
मालश्री खबर २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर/ फानगुन २१ गते, रोल्पा । नेपाल शिक्षक सघं जिल्ला कार्यसमिति रोल्पाको अध्यक्षमा हुमलाल विष्ट सर्वसमत रुपमा चयन हुनु भएको छ । आइतबार सम्पन्न भएको अधिवेशन बाट विष्टलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

जस्को उपाध्यक्षमा कल्पाना बुढामगर रहनु भएको छ भने पुरुष अध्यक्षमा शेर बहादुर पुन रहनु भएको छ । त्यस्तै सचिवमा मान बहादुर बस्नेत, अर्थ सचिवमा टोप बहादुर घर्ति, सह–सचिवमा अमृत बहादुर घर्तिमगर, महिला सह–सचिवमा इन्द्रु कुमारी घर्ति आले, समावेशी सह–सचिवमा कुमार विक्रम आले, सह–सचिव शसीराम विष्ट लगाएत अन्य सदस्यहरु रहनु भएको छ ।

साथै अधिवेशन कार्यक्रममा विभिन्न पालिकामा निवृत्त भएका नेपाल शिक्षक संघमा आवद्ध १७ जना व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

- Advertisement -
Ad image

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array