Ad image

नेपाल पत्रकार महासंघ रोल्पाको बैठकद्वारा सदस्यता नविकरण तथा नयाँ आह्वान

मालश्री खबर
मालश्री खबर २० फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर/ फानगुन २० गते, रोल्पा ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नियमित बैठक शनिबार लिबाङमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा शाखा सल्लाहकारहरुसहित आयोजित बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघको साधारण सदस्यताको नविकरण तथा नयाँ आह्वान गर्ने निर्णय गरेको छ । आगामी चैत १ गतेदेखि उक्त कार्य प्रारम्भ हुने र चैत २० गतेसम्म नयाँ तथा पुराना सदस्यहरुको फारम संकलन गरिने बैठकले निर्णय गरेको छ । फारम संकलनका लागि शाखाका उपाध्यक्ष खुविना सुनारीमगरको संयोजकत्वमा सचिव लोकेन्द्र चन्द र कोषाध्यक्ष उमा केसी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।

त्यस्तै २०८० सालको भित्ते पात्रो प्रकाशन गर्ने र जसको संयोजनका लागि अध्यक्ष नवीन लोचनमगरलाई जिम्मा दिने निर्णय गरेको छ । महासंघले २२ फागुनमा होली मिलन तथा वनभोज कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरेको छ । जसका लागि जिल्लास्थित पत्रकार र साहित्यकारहरुको टोली सम्मिलित हुने बताइएको छ ।

- Advertisement -
Ad image

बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको वार्षिक मुखपत्र अबदेखि नियमित प्रकाशन गर्ने निर्णय गरेको छ । यही वर्षको बैशाख भित्र पहिलो अंक प्रकाशन गर्ने र जसका लागि आवश्यक तयारी तथा सामग्री संकलनका लागि अध्यक्ष नवीन लोचनमगरको संयोजकत्वमा प्रकाशन समिति गठन गरिएको छ । समितिमा खुविना सुनारी मगर, लोकेन्द्र चन्द र उमा केसी रहने निर्णय गरिएको छ । गठित समितिले आगामी चैत २० गतेभित्र प्रकाशन सामग्री संकलन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय स्थापना दिवसका दिन चैत १६ गते जिल्ला स्तरीय बृहत अन्तरक्रिया गरी मनाउने निर्णय गरिएको छ । बैठकमा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति तथा सल्लाहकार काशीराम डाँगी, सल्लाहकार माधव कुमार ओली लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array