Ad image

कुचीबाङ्गमा ग्राभिटी गुड्स रोपवेको शिलन्यास

मालश्री खबर
मालश्री खबर १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,१९ फागुन रुकुम पूर्व । भुमे गाउँपालिका वडा नं।८ कुचीबाङ्गमा एक कार्यक्रमका बीच ग्राभिटी गुड्स रोपवेको शिलन्यास सम्पन्न भएको छ । युकेएडको आर्थिक सहयोगमा प्राक्टिकल एक्शन र डिकोसद्धारा संचालित समुन्नति परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र भुमे गाउँपालिकाको समन्वयमा भुमे ८ कुचीबाङ्ग देखी भुमे ४ काँडा बगर हुँदै मध्य पहाडी राजमार्ग सम्म निर्माण हुन लागेको सो योजनाको भुमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले शिलन्यास गर्नुभएको हो ।

No description available.

सो रोपवेले कुचीबाङ्गमा उत्पादित कृषि उत्पादनहरुलाई मध्य पहाडी राजमार्गसम्म ढुवानी गरि कृषकहरुको बजारसम्मको पहुँचलाई बृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ । भुमे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष दिनेश रोकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष,कृषि शाखा प्रमुख,बि।ब्य।स।अध्यक्ष,निर्माण समितिका सदस्यहरु,निर्माण परामर्शदाताका प्राविधिक, कृषकहरु,प्राक्टिकल एक्शनका परियोजना अधिकृत र डिकोस नेपालका कर्मचारीहरु उपस्थित भएका थिए।

No description available.
सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाले कृषकहरुलाई यथेष्ट सहयोग गर्ने तर कृषकहरुले पनि त्यसैअनुसार उत्पादनमा मिहनेत गर्नुपर्ने कुरालाई जोडदिदै भन्नुभयोूयस वर्ष पनि नमुना गाउँको लागी बजेट छुट्याईएको र आगामी वर्षमा पनि बजेट बिनियोजन गर्नेूसमेत उनले भने।वडाध्यक्ष रोकाले वडा कार्यालयले समेत यस गाउँको कृषि विकासको लागी बजेट बिनियोजन गरेको जानाकारी दिए।कार्यक्रको संचालन निर्माण समितिका सचिव तिलक बुढाले गरेका थिए।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array