Ad image

लेकबेसी कृषक समुहको व्यावसायिक आलु पकेट सम्बन्धि १ दिने तालिम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १८ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

भुपेन्द्र घर्तिमगर
मालश्री खबर फागुन १८ गते, रोल्पा ।

लेकबेसी कृषक समुह गगांदेब गाउँपालिका वडा नम्बर ५ रोल्पाले व्यावसायिक आलु पकेट सम्बन्धि १ दिने तालीम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । साथै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरर्गत समुहलाई परेको अनुदानमा वडामा आलु पेटक क्षेत्रमा आलुखेती तथा आलु लगाउने तरीका, विधी र आलुको खेतीको लागि आवश्य पर्ने पानी तथा जग्गा छनोटको बारेमा जानकारी दिइएको थियो ।

सोही कार्यक्रममा नवनिर्मित पोखरी निर्माणको लागतको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरीएको थियो । ५ नम्बर वडाको फुलबारीमा २ वटा पोखरी निर्माण गरीएको र ति पोखरीहरु निर्माणको लागि पालिकाबाट विनियोजन गरेको रु ३ लाख रुपौँया र लेकबेसी कृषक समुहको रु ३ लाख गरी जम्मा ६ लाखको लागत लागेको सार्वजनिक सुनुवाई कार्यक्रमबाट जानकारी गराईएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष बुढाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै अध्यक्ष बुढाले कृषी गर्नको लागि वडामा प्रशस्त मात्रमा उपयुक्त ठाउँ भएको बताउनु भएको छ । बुढाले आगामि दिनमा आलुपकेट क्षेत्रलाइ अन्य कृषि सगं जोडिएका जस्तैः फलफुल, अन्न बालीमा लगाएत अन्य बालीमा वडा सरकारे बिशेष जोड दिने बताउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी कृषि शाखाका प्रमुख टिकाराम वलीले प्रशिक्षण कार्यक्रममा सिकाइएका कुराहरुलाइ उपयोग गर्दै कृषि पेशामा वडालाई आत्मनिर्भर बनाउने जनाकारी दिनु भएको छ ।

समुहका अध्यक्ष प्रेम बहादुर पुनको अध्यक्षताम सुरु भएको कार्यक्रमको संचालन समुहका सदस्य भुेपेन घर्ति मगरले गर्नु भएको थियो । कार्यक्रममा सुर्योदय सामुदायिक बन उपभोक्ता समुहका अधयक्ष हरि बहादुर पुन, लेकबेसी कृषक समुहका अध्यक्ष हरिलाल पुन, आमा समुहका देबिकला पुन लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array