Ad image

सुनिलस्मृति गाउँपालिकाले तृतिय स्थान हासिल गरेको अवसरमा विजयी ¥याली मनायाे

मालश्री खबर
मालश्री खबर १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

भरत विश्वकर्मा
मालश्री खबर फागुन १८ गते, रोल्पा । सुनिलस्मृति गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता तृतिय स्थान हासिल गरेको अवसरमा विजयी ¥याली मनाएको छ । सुनिलस्मृती गाँउपालिकाले ६ खेलमा स्वर्ण, ६ खेलमा रजत र ५ खेलमा कास्य पदक पाप्त गरि तृतीय स्थान हासिल गरेको अवसरमा विजयी ¥याली मनाएको छ । उक्त विजयी ¥याली सुलिचौरको बसपार्कबाट पिपलबोट हुँदै, बैंक रोडबाट गाउँपालिका सभाहलमा गएर कोण सभामा परिणत भएको थियो ।

      

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले शुभकामना समेत दिनुभएको थियो । यसैगरि कार्यक्रमको अवसरमा सामाजिक बिकास समिति संयोजक लोकेन्द्र बहाहदुर थापा, सव इन्जिनियर सुदर्शन पुन लगाएतले शुभकामना दिनु भएको थियो । बिद्यार्थिहरुको तर्फबाट त्रिपुरेश्वरी माविका छात्रा अर्पिता गिरी लगाएतकाले शुभकामना दिनुभएको थियो । साथै कार्यक्रमको अवसरमा गाउँपालिकाले खेलाडीलाई बधाई समेत दिएको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखाका प्रबिधिक सहायक देबराज घर्तिले गर्नुभएकोक थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array