Ad image

थवाङमा पुर्नजन्मकारी कृषि सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १७ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

सुर्यप्रकाश बुढामगर
मालश्री खबर फागुन १७ गते, रोल्पा ।

समुन्नति परियोजना अन्र्तगत थवाङ गाउँपालिकाको समन्वयमा निर्वाचित जनप्रतिनिधिहरु तथा कृषि शाखाका कर्मचारीहरुलाई पुर्नजन्मकारी कृषि सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आज थबाङ गाउँपालिकामा सम्पन्न भएको छ । थबाङ गाउँपालिका, वडा नं. २ का वडाअध्यक्ष अभिलाषा बुढा मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा, वडा नं. १, २, ३, ४ र ५ का वडा अध्यक्षहरु, कार्य पालकिाका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा कृषि शाखाका कर्मचारीहरु गरि जम्मा ३१जनाको उपस्थिती रहेको थियो ।

 

 

- Advertisement -
Ad image

प्राक्टिकल एक्शनका परियोजना अधिकृत दिपेन्द्र भुजेलद्धारा कार्यक्रमको उद्येश्यमाथी प्रकाश पार्दै शुरु भएको अभिमुखीकरण कार्यक्रमलाई किसान केयर प्रा.लि.का कृषि बिज्ञ शिव यन्द्योले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहजकर्ताले कृषि पर्यायवरण, पुर्नजन्मकारी कृषि, व्यावसायिक बेमौषमी तरकारी खेती, थवाङ्गमा यसका चुनौती र संभावनाहरु आदीको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । त्यस पश्चात् खुल्ला छलफल गरिएको थियो । जसमा सहभागीहरुले बिभिन्न किसिमका जिज्ञासाहरु राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा थवाङ्ग गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले छलफलमा उठेका जिज्ञासाहरुमा जनप्रतिनिधि र कृषि शाखाका कर्मचारीहरुले बुझेमा गाउँपालिकाको कृषि बिकासका योजनाहरु बनाउँदा सहज हुने बताउनु भएको छ । बुढाले समुन्नति परियोजनालाई बिशेष अनुरोध गरि उक्त कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा वडा नं.१ का अध्यक्ष अभिलाषा बुढा मगरले समुन्नति परियोजनाले हालसम्म गाउँपालिका तथा वडा कार्यालयहरुसंग नियमित समन्वय गरि कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै यसरी काम गर्दा दोहोरोपन नहुने तथा साझेदारीमा काम गर्न सकिने भएकाले धेरै उपलब्धि हुने बताउनुभयो । कार्यक्रमको उद्घाटन तथा समापन सत्र समुन्नति परियोजनाका अनुगमन मुल्याँकन अधिकृत सुनिता घर्तीमगरले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्