Ad image

प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, १६ स्वर्ण सहित रोल्पा नगरपालिका पहिलो

मालश्री खबर
मालश्री खबर १७ फाल्गुन २०७९, बुधबार
3 Min Read
Aa

किरणबाबु वली / मालश्री खबर फागुन १७ गते, रोल्पा ।
प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार देखि सदरमुकाम लिबाङमा शुरु भएको बुधबार सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा रोल्पा नगरपालिकाले १६ खेलमा स्वर्ण, ११ खेलमा रजत र १९ खेलमा कास्य पदक प्राप्त गरि पहिलो पहिलो भएको जिल्ला खेदकुद बिकास समिती रोल्पाका उपाध्यक्ष हेमन्त खत्रीले जानकारी दिनु भएको छ । त्रिबेणि गाँउपालिकाले १४ खेलमा स्वर्ण, १५ खेलमा रजत र १२ खेलमा कास्य पदक पाप्त गरि दोस्रो भएको छ । त्यस्तै सुनिलस्मृती गाँउपालिका ६ खेलमा स्वर्ण, ६ खेलमा रजत र ५ खेलमा कास्य पदक प्राप्त गरि तृतीय स्थान प्राप्त गरेको उपाध्यक्ष खत्रीले बताउनु भएको छ ।

माडी गाँउपालिका ४ खेलमा स्वर्ण, ३ खेलमा रजत र ६ खेलमा कास्य पदक पाप्त गरि चौंठो भएको छ । परिर्बतन गाँउपालिका ४ खेलमा र ५ खेलमा कास्य पदक प्राप्त गरि पाँचौ भएको छ । थबाङ गाँउपालिका ३ खेलमा स्वर्ण, ७ खेलमा रजत र ३ खेलमा कास्य पदक प्राप्त गरि छंठौ भएको छ । गंगादेब गाँउपालिका २ खेलमा स्वर्ण, ३ खेलमा रजत र ५ खेलमा कास्य पदक प्राप्त गरि सातौं भएको छ । लङ्ग्री गाँउपालिका एक स्वर्ण प्राप्त गरि आंठौ भएको भने रुन्टिगढी गाँउपालिका र सुनछहरी गाँउपालिका एक-एक रजत र एक-एक कास्य पदक प्राप्त गरि क्रमस नंबौ र दशौ भएको छन् ।

 

- Advertisement -
Ad image

रनिङ शिल्ड प्रतियोगिता यहि फाल्गुण १४ गते देखि जिल्ला खेलकुद बिकास समिती रोल्पाको आयोजना र रोल्पा नगरपालिकाको व्यवस्थापनका शुरु भएको थियो । रनिङ शिल्ड प्रतियोगिताको उद्धघातन लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जोख बहादुर महराले गर्नु भएको थियो । रनिङ शिल्ड प्रतियोगितामा महिला पुरुष भलिबल, कवडी, एथलेटिक्स बिधा , टेक्वानडो बिधा, कराते बिधा र उसु बिधा अन्तरगर्तका सम्पुर्ण खेलहरु रहेको खेलकुद बिकास समिती रोल्पाका उपाध्यक्ष खत्रीले बताउनु भएको छ । कार्यक्रमका रोल्पा जिल्ला भित्र रहेका १० वटै पालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृत भएर पालिका बाट छनोटमा परेका खेलाडीहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिती रोल्पाका प्रखु तथा प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्लाहकार समिती संयोजक सिता आचार्य रहनु भएको आयोजकले जानकारी दिएको छ । समापन कार्यक्रमको बिशिष्ट अतिथिमा रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्ति मगर रहनु भएको थियो ।

जिल्ला खेलकुद बिकास समिती रोल्पाका अध्यक्ष मोलङ घर्तिमगरको अध्यक्षतामा भएको समापन कार्यक्रमको अन्य अतिथिहरमा रोल्पा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र पराजुली, जिल्ला खेलकुद बिकास समिती रोल्पाका उपाध्यक्ष हेमन्त खत्री, रोल्पा नगरपालिका वडा न. २ का वडा अध्यक्ष तथा प्रबत्ता प्रकाश डाँगी, सुनिलस्मृती गाँउपालिका वडा न. ६ का वडा अध्यक्ष लोकेन्द्र थापा, त्रिबेणि गाँउपालिका स्वास्थ्य शाखा संयोजक पुर्ण बुढा, सुनिलस्मृती गाँउपालिका स्वास्थ्य शाखा सहयोजक साबित्रा थापा लगाएतको अतिथ्यता रहेको थियो समापन कार्यक्रमको संचालन जिल्ला खेलकुद बिकास समिती रोल्पाका रेफ्री सोम बहादुर घर्तिमगरले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array